default_image

7 years ago

May 27, 2019

रोनाल्डोविना अन्तिम खेलमा युभेन्टसको हार

117 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा अन्तिम खेलमा च्याम्पियन बनिसकेको युभेन्टसले हार बेहोरेको छ । रोनाल्डोलाई विश्राम दिइएको खेलमा युभेन्टस साम्पडोरियासँग २–० ले पराजित भएको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको अन्तिम समयतिर साम्पडोरियाले दुई गोल गर्दै च्याम्पियन युभेन्टसलाई पराजित गरेको हो । साम्पडोरियाका ग्रिगोरी डिफ्रेल र जियानलुका क्यापरारीले गोल गरे ।

बराबरीतर्फ धकेलिएको खेलको ८४औं मिनेटमा ग्रिगोरीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जियानलुकाले गोल गर्दै साम्पडोरियाको जित पक्का गरे ।

रोनाल्डोविना मैदान उत्रिएको युभेन्टसले खेलमा उल्लेख्य प्रदर्शन गर्न सकेनन् । युभेन्टसले साम्पडोरियामाथि दवावमा खेलेको थियो ।

यससँगै युभेन्टसले ३८ खेलबाट २८ जित, ६ बराबरी र ४ हार बेहोर्दै ९० अंक जोड्यो । साम्पडोरिया ५३ अंक जोडेर नवौं स्थानमा लिग अन्त्य गर्यो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.