7 years ago
June 1, 2019
एजेन्सी – स्पेनिस विङ्गर जोसे एन्टोनियो रेयेसको सवारी दुर्घटनामा मृत्यु भएको छ । सेभिल्लाले ट्वीटमार्फत निकै दुखद घटना भएको भन्दै यसबारे जानकारी दिएको हो ।

यसअघि सेभिल्ला, एटलेटीको म्याड्रिड, रियल म्याड्रिड र आर्सनलबाट समेत लामो समय खेलेका रेयेस सेभिल्ला सहरमा नै दुर्घटनामा परेका थिए । उनीसँगै दुर्घटनामा उनका नजिकका नातेदारको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।
३५ वर्षीय रेयेस सेभिल्लाका लागि ला लिगा खेल्ने सबैभन्दा कम उमेरका खेलाडी पनि हुन् । उनले कलिलो उमेरमा नै सेभिल्लाको टोलीबाट खेल्दै सिनियर टोलीसम्मको यात्रा तय गरेका थिए । आर्सनलले सन् २००४ मा अपराजित रहेर लिग जित्दा रेयेस टोलीका सदस्य रहेका थिए । उनले रियल म्याड्रिडबाट २००६-०७ को ला लिगा उपाधि पनि जितेका थिए । एटलेटिको म्याड्रिडलाई दुई पटक युरोपा लिग जिताउँदा उनको महत्त्वपूर्ण भूमिका रहेको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]