7 years ago
June 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज नेपाल र मलेसिया भिड्दै छन् । नेपाली समयअनुसार साँझ ७:४५ मा हुने खेलका लागि नेपाली टोली शुक्रबार मलेसिया पुगेको थियो ।

एसियाली राष्ट्रहरुबीचको वरियतामा नेपाल र मलेसियाबीच एक स्थानको मात्र अन्तर छ । नेपाल ३४ औं स्थानमा छ भने मलेसिया ३५ औं स्थानमा छ । फिफा वरियतामा भने नेपाल १ सय ६१ औं र मलेसिया १ सय ६८ औं स्थानमा छ ।
एसियाली राष्ट्रबीच यत्ति एक स्थानको अन्तरमा नेपालले विश्व कप छनोटको सोझै दोस्रो चरणमा प्रवेश पाएको छ भने मलेसियाले छनोटको पहिलो चरण नै खेल्नुपर्नेछ । दोस्रो चरणमा एसियाका ४० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । ३५ औं देखि ४६ औं स्थानको वरियतामा रहेका टोलीले पहिलो चरणमा प्रतिस्पर्धा गर्नेछन् । होम एन्ड अवेको खेल पछि विजेता ६ टोली दोस्रो चरणमा छनोट हुनेछन् ।
त्यहि विश्व कपको छनोट चरणको तयारीमा रहेको नेपाल र मलेसियाबीच आइतबार राती मैत्रीपूर्ण खेल हुनेछ । दुई मैत्रीपूर्ण खेलका लागि नेपाल शुक्रबार विदेश भ्रमणमा निस्केको थियो । मलेसियाबाट जेठ २१ मा नेपाली टोली चाइनिज ताइपे पुग्नेछ । जहाँ घरेलु टोलीसँग नेपालले जेठ २३ गते प्रतिस्पर्धा गर्नेछ ।
नयाँ प्रशिक्षक योहान कालिनको प्रशिक्षण पछि नेपाली टोलीले यसअघि मैत्रीपूर्ण खेलका लागि कुवेत यात्रा गरेको थियो । जसमा पहिलो खेलमा गोलरहित बराबरी खेलेको नेपालले अर्को खेलमा १–० को हार बेहोरेको थियो । अर्कोतर्फ मलेसियाले यहि बर्ष एयर मारिनी कप फुटबलमा सिंगापुरसँग १–० को हार र अफगानिस्तानसँग २–१ को जित निकालेको थियो ।

मैत्रीपूर्ण खेलअघि शनिबार नेपाली टोलीले क्वालालम्पुरस्थित बुकिट जेलुङटन सिमडबी रंगशालामा अभ्यास गरेको थियो । नेपाली टोलीका प्रशिक्षक कालिनले शनिबारको प्रि म्याच कन्फ्रेन्समा मलेसियासँगको खेललाई स्तर बढाउनका लागि मौका हुने बताएका छन् । ‘मलेसियाले पछिल्लो समय खेलिरहेको छ ,’ उनले भने,’ हामी पनि राम्रो खेल्ने प्रयास गर्नेछौं । फिफा वरियतामा हामी भन्दा तल भए नी खेल प्रतिस्पर्धात्मक हुनेछ ।’

नेपाली टोलीका कप्तान विराज मर्हजनले मलेसियाविरुद्धको खेल महत्वपूर्ण भएकाले राम्रो खेल्ने प्रयास गर्ने बताए । मलेसियाका प्रशिक्षक टान चेङ ह्वेले नेपाली टोलीविरुद्ध आफ्ना खेलाडीले उच्च प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।
पछिल्लो समयको मौसमका कारण मैत्रीपूण खेलका लागि सन्तोषजनक तयारी नभएपनि सफल नतिजाका लागि प्रयास गर्ने उनले बताए । भर्खरै घरेलु टोलीको कप्तानी सम्हालेका फरिजाल मार्लियसले टोली नेपालविरुद्ध खेल्नका लागि तयार रहेको बताए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]