default_image

7 years ago

June 2, 2019

विमल माल्दिभ्स प्रस्थान

173 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका स्टार फरवार्ड विमल घर्तिमगर माल्दिभ्सको शीर्ष डिभिजन क्लब तथा लिग च्याम्पियन ट्रस्ट एन्ड केयर (टिसी) स्पोर्ट्स क्लबबाट खेल्न आइतबार माल्दिभ्स प्रस्थान गरेका छन् ।

विमलले केहि महिनाअघि युरोपका टोलीहरुमा ट्रायल र प्रशिक्षण दिएपनि सफल नहुँदा माल्दिभ्सबाट उनलाई प्रस्ताव आएको थियो । विमलले क्लबसँग यस सिजनको लागि अनुबन्धन गरेका हुन् । विमलले यसअघि भारतको मोहुन बगानबाट पनि खेलेका थिए । उनले नेपालमा च्यासल युवा क्लबको लागि लिग खेलेपनि युरोपको प्रस्ताव आएपछि बिचमै लिग छाडेका थिए ।

अर्का नेपाली खेलाडी किरण चेम्जोङ भने टिसीबाट खेल्ने भनेपनि सम्झौतामा समस्या हुँदा राष्ट्रिय टोलीसँग मलेसियामा छन् । उनले राष्ट्रिय टोलीबाट खेल्ने भएपछि क्लबले उनको सम्झौता रद्द गरेको थियो । विमल भने चोटका कारण राष्ट्रिय टोलीमा परेका थिएनन ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.