default_image

7 years ago

June 2, 2019

किरणको लगातार बचाउ, पहिलो हाफ बराबरी

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गोलरक्षक किरण चेम्जोङकले राष्ट्रिय टोलीबाट गर्दै आएको उत्कृष्ट प्रदर्शलाई निरन्तरता दिँदा नेपाल र मलेसियाबीच जारि मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

गोलकिपर किरण चेम्जोङ । फाइल तस्बिर

खेलको सुरुवाती समयदेखि नै मलेसियाले नेपालमाथि दबाब बनाएको थियो । पहिलो मिनेटमा नै डरलाग्दो स्थानमा फ्रिकिक पाएको मलेसियाले त्यसको सदुपयोग गर्न सकेन । पाँचौ मिनेटमा मलेसियाका स्याज्वन जाइननको प्रहारले गोलरक्षक किरणलाई बिट गरेपनि पोस्टमा लाग्न पुग्यो ।

खेलको २८ औं मिनेटमा नेपालका विक्रम लामाको प्रहार पोस्टमा लागेको थियो । गोलरक्षक पोजिसनमा नरहेको अवस्थामा विक्रमले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार डिफेन्डरलाई लाग्दै पोस्टमा लाग्दा नेपालले अग्रता लिन सकेन । त्यसपछि मलेसियाले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको दुई प्रहारलाई किरणले विफल तुल्याए ।

पहिलो हाफको खेलको एक मिनेट समय बाँकी हुँदा किरणले बचाउ गरेको प्रहार रिबाउन्ड हुँदा रंजितले गोललाइनबाट क्लियर गर्दै खतरा टारेका थिए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.