7 years ago
June 4, 2019
सुबास हुमागाईं, काठमाडौं
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आइतबार मलेसियाको घरेलु मैदानमा २-० को हार बेहोर्यो । विश्वकप छनोटको तयारीमा रहेको नेपाली टोलीले दुवै गोल दोस्रो हाफमा खाएको थियो ।

नेपाली टोलीमा स्विडिस प्रशिक्षक योहान कालीनका अनुसार मलेसियाविरुद्ध नेपाल पराजित भएपनि त्यस हारबाट टोलीमा केहि सकारात्मक पक्ष पनि देखिएको छ । ‘ हामीले अपेक्षा गरेअनुसार खेल निकै कठिन रहयो । हामीले पूर्वयोजना अनुसार डिफेन्स अलिकति अगाडि बढेर खेल्ने तयारी गरेका थियौं, त्यसलाई लागु गर्न सकेनौं । हामीले अाफ्नाे हाफमा उनीहरुमाथि दवाव सिर्जना गर्न चुक्यौं’, कालीननले हाम्रो खेलकुदसँग भने ।
‘मलेसियाविरुद्ध खेलको बलियो पक्ष भनेको हामीलाई अोपन प्लेमा गोल गर्न निकै कठीन हुन्छ भन्ने सिद्ध भयो । दुवै गोल सेट पिसमा सम्भव भएको हो,’ प्रशिक्षक कालीनले थपे । नेपालले खेलको तयारीअघि नेपालमा गरेको प्रशिक्षणमा पनि सेट पिसलाई विशेष ध्यान दिएको थियो । मलेसियाविरुद्ध पहिलो गोल पेनाल्टी र दोस्रो गोल फ्रिकिकमा सम्भव भएको थियो ।

कालीनका अनुसार नेपालले बलिया टोलीविरुद्ध खेल्दा कमजोर पक्ष सुधार गर्ने अवसर प्राप्त हुन्छ । ‘हामीले आफूभन्दा बलियो प्रतिद्वन्द्वी रोज्नुको कारण हाम्रो कमजोर पक्ष थाहा होस् भनेर हो । मलेसिया विरुद्ध नतिजालाई सामान्य रुपमा हेरेको छु । यसअघि पनि हामीले मलेसियासँग खेल्दा राम्रो नतिजा ल्याउन सकेका छैनौं । मलेसियाको घरेलु फुटबलको स्तर निकै राम्रो छ । यी खेलाडीले हरेक साता स्तरीय लिग खेल्छन र हाम्रो त्यस्तो अवस्था छैन’, कालीनले थपे । नेपालले यसअघि कुवेतविरुद्ध खेलेका दुई खेलमा गोलरहित बराबरी र १-० को हार बेहोरेको थियो ।
नेपालले अब जुन ६ मा चाइनिज ताइपेइविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । उक्त खेलका लागि टोली मंगलबार ताइवान पुगिसकेको छ । ‘ ताइपेइविरुद्ध अहिले नै यो टोली भन्न सक्ने अवस्था छैन तर केहि परिवर्तन हुन सक्छ । मलेसिया बलियो थियो र ताइपेइले केहि समयअघि मलेसियालाई हराएको हुनाले झनै बलियो रहने देखिन्छ,’ उनले थपे, ‘हामीले राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेको छु । विशेषत विपक्षीसँग बल हुँदाको अवस्थामा दवाव दिने पक्षमा हामीले थप सुधार गर्नुपर्छ ।’
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]