6 years ago
July 10, 2019
एजेन्सी – एटलेटिको म्याड्रिडका युवा फरवार्ड जोआओ फेलिक्सले स्पेनिस लिगमा आफ्नै इतिहास लेख्न आतुर रहेको बताएका छन् ।

फेलिक्स गतसाता मात्र १ सय २६ मिलियन युरोमा बेन्फिकाबाट एटलेटिको म्याड्रिड आएका थिए । उनलाई एटलेटिकोले ७ नम्बर जर्सी दिँदै टोलीको महत्त्वपूर्ण खेलाडी रहेको समेत संकेत दिएको छ । रियल म्याड्रिडमा रहँदा फेलिक्सका पोर्चुगलका सहकर्मी क्रिस्टियानो रोनाल्डोले पनि ७ नम्बर जर्सी नै लगाएका थिए । फेलिक्सले रोनाल्डोसँग स्पेन र विशेषगरि म्याड्रिडको विषयमा सल्लाह लिएको बताए ।
फेलिक्सले रोनाल्डोसँग उनको तुलना नगर्न पनि आग्रह गरे । ‘क्रिस्टियानो विश्वकै उत्कृष्ट खेलाडी हुन् । हामी पोर्चुगलबाट सँगै खेल्दा उनले मलाई म्याड्रिडको निकै प्रशंसा गरे,’ उनले थपे, ‘म यहाँ आफ्नो इतिहास लेख्न आएको हुँ र मेरो नामबाट नै चिनिन चाहन्छु । रोनाल्डोसँग तुलना गर्नुभन्दा मा आफ्नो नाम बनाउन चाहन्छु ।’
‘म एटलेटिकोसँग इतिहास बनाउने लक्ष्यसहित यहाँ आएको छु । बजारमा के भयो भन्दापनि म मैदानमा कस्तो प्रदर्शन गर्ने भन्नेमा ध्यान दिन चाहन्छु । बजारको भाउ मेरो हातमा छैन तर मेरो प्रदर्शनका लागि म जिम्मेवार हुन्छु ,’ उनले भने ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]