default_image

6 years ago

July 10, 2019

डे लिग्ट र युभेन्टसबीच सम्झौता

152 views

0 Bookmark

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टस र आयाक्सका डिफेन्डर माथिस डे लिग्टबीच सम्झौता भएको छ । युरोपका ठूला क्लबले पछ्याइरहेको अवस्थामा डे लिग्टलाई युभेन्टसले अनुबन्धन गर्ने प्रक्रिया अगाडी बढेको छ ।

डे लिग्टका एजेन्ट मिनो रायोलाका अनुसार युभेन्टस र खेलाडीबीच सम्झौताका लागि समझदारी भइसकेको छ । अब आयाक्स र युभेन्टसले ट्रान्सफर रकममा सम्झौता गरेपछि उनी युभेन्टसका खेलाडी बन्नेछन् । आयाक्सले डे लिग्टलाई अनुबन्ध गर्न कम्तिमा ७५ मिलियन युरोको माग गरेको छ । यता युभेन्टसले भने ६५ मिलियन युरो अहिले तिर्ने र उनको प्रदर्शनका आधारमा बाँकी १० मिलियन तिर्ने प्रस्ताव अगाडि बढाएको छ ।

आयाक्सलाई गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनल पुर्याउन डे लिग्टले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले आयाक्सलाई लिग च्याम्पियन पनि बनाएका थिए । नेदरल्यान्ड्सबाट खेल्दै यूईएफए नेसन्स लिगको उपविजेता बनेका उनलाई युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डोले पनि युभेन्टस आउन भनेका थिए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.