6 years ago
July 10, 2019
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का खेलकुद निर्देशक लिओनार्डोले कुनैपनि क्लबले उचित प्रस्ताव गरेको खण्डमा ब्राजिलियन फरवार्ड नेयमारलाई क्लबले अन्यत्र जान दिने बताएका छन् ।

प्री सिजन प्रशिक्षणको पहिलो दिन क्लबमा अनुपस्थित भएपछि पीएसजीले नेयमारलाई कारवाही गर्ने बताएको छ । २७ वर्षीय फरवार्डले पछिल्लो समय बार्सिलोना फर्कने इच्छा व्यक्त गरेका छन् । यद्यपी पीएसजीले हालसम्म कुनै औपचारिक प्रस्ताव प्राप्त नगरेको कारण केहि भन्न नसक्ने बताएको छ । बार्सिलोनाले क्लबसँग सम्पर्क गर्ने तयारी गरेको बुझिएको छ ।
नेयमार सन् २०१७ अगष्टमा विश्व कीर्तिमानी २ सय २२ मिलियन युरोमा बार्सिलोना छाडेर पेरिस पुगेका थिए । उनको अवस्थाबारे बोल्दै लिओनार्डोले भने, ‘ फुटबलमा कहिलेकाहीं यस्तो अवस्था आउँछ । एक दिनमा नै माहोल फरक हुन सक्छ । हामीले नेयमारसँग सम्पर्क गरेका छौं र यसबारे विस्तृतमा भन्ने अवस्था छैन.’ उनले भने ।

‘नेयमार र हामी दुवै आ-आफ्नो तर्कमा प्रष्ट छौं । उनको अझैपनि पीएसजीमा ३ वर्ष सम्झौता बाँकी छ । जबसम्म हामीलाई औपचारिक प्रस्ताव आउँदैन हामीले अगाडि केहि नयाँ सोच्ने अवस्था छैन । यदि कसैले उचित प्रस्ताव गर्छ भने उनी क्लब छाड्न सक्छन,’ उनले थपे ।
नेयमार अझैपनि व्यक्तिगत कार्यक्रममा व्यस्त रहेका कारण ब्राजिलमा छन् । उनी अर्को सातामात्र प्रशिक्षणमा सहभागी हुने बुझिएको छ । नेयमारले हालसम्म ३७ लिग खेल खेल्दै ३४ गोल गरेका छन् । यसक्रममा दुई लिग उपाधि जितेका उनले पटक पटक अनुशासनको कारवाही पनि भोगेका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]