default_image

5 years ago

July 10, 2019

पुलिस र केल्मीबीच सम्झौता

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबको फुटबल टोली र खेल सामाग्री कम्पनि केल्मीबीच सम्झौता भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीसँगै नेपालका शीर्ष क्लबहरुको साथ पाएको केल्मीले पुलिससँग बुधबार सम्झौता गरेको हो ।

सम्झौता पत्रमा पुलिसका तर्फबाट एआईजी पुस्कर कार्की र केल्मीका तर्फबाट एकमात्र आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रालिका निर्देशक प्रदिप न्यौपानेले हस्ताक्षर गरे । सम्झौताअनुसार पुलिसको पुरुष तथा महिला फुटबल टोलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा २ वर्षसम्म केल्मीको खेल सामाग्री प्रयोग गर्नेछ ।

केल्मीले दुवै महिला र पुरुष टोलीलाई होम र अवे जर्सीआ साथै मोजा र प्रशिक्षण जर्सी उपलब्ध गराउनेछ । यसअघि केल्मीले नेपाली फुटबलको सर्वाधिक सफल क्लब तथा लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग पनि सम्झौता गरेको थियो ।

केल्मीले लामो समयदेखि नेपाली राष्ट्रिय फुटबल टोलीको पनि जर्सी उत्पादन गर्दै आएको छ । राष्ट्रिय टोलीको जर्सीसँगै क्लबका जर्सीहरु पनि केल्मीमा सर्वसाधारणका लागि उपलब्ध रहँदै आएको छ ।

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डका लागि […]

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

Success

Thank you for your time.