6 years ago
July 11, 2019
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले इंग्लिस क्लब वेस्ट ब्रोमबाट युवा फरवार्ड लुइस ब्यारीलाई अनुबन्धन गरेको छ ।

इंग्ल्यान्डको यू-१६ राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका ब्यारीलाई युरोपका ठूला क्लबले पछ्याइरहेका थिए । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ब्यारिका लागि औपचारिक प्रस्ताव राखेपनि वेस्ट ब्रोमले बार्सिलोनाको प्रस्ताव स्वीकारेको हो । प्रिमियर लिगका अन्य क्लबले ब्यारिको खेल हेरेपनि औपचारिक प्रस्ताव भने अगाडि बढाएका थिएनन् ।
ब्यारीले बार्सिलोनासँग ३ वर्षको सम्झौता गर्दै यू-१९ टोलीमा सामेल हुने भएका छन् । वेस्ट ब्रोममा एक दशकदेखि प्रशिक्षण गरिरहेका ब्यारीले गत सिजन वेस्ट ब्रोमको यू-२३ टोलीबाट डेब्यु गरिसकेका छन् ।
आयरल्यान्डमा जन्मिएका ब्यारीले यसै वर्षदेखि इंग्ल्यान्डबाट खेल्ने निर्णय लिएका थिए । उनले ब्राजिलविरुद्ध डेब्यु गरेयता ९ खेलमा ७ गोल गरिसकेका छन् । उनले यूईएफएले आयोजना गरेको भाल डे मार्ने प्रतियोगितामा गोल्डेन बुट समेत हात पारेका थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]