default_image

5 years ago

July 12, 2019

लिभरपुल ६-० ले विजयी

एजेन्सी – च्याम्पियन्स लिग विजेता लिभरपुलले प्रि-सिजनको पहिलो मैत्रीपूर्ण खेलमा फराकिलो जित दर्ता गरेको छ । बिहीबार मर्सीसाइडको छिमेकी टोली ट्रानमेर रोभार्सलाई ६-० को अन्तरले पराजित गर्दै लिभरपुलले सानदार सुरुवात गरेको हो । लिभरपुलको जितमा युवा फरवार्ड रिहान ब्रेस्टरले २ गोल गरे । च्याम्पियन्स लिग फाइनलमा गोल गरेका डिभोक ओरिगीले पनि गोल गरेका थिए । […]

28 views

0 Bookmark

एजेन्सी – च्याम्पियन्स लिग विजेता लिभरपुलले प्रि-सिजनको पहिलो मैत्रीपूर्ण खेलमा फराकिलो जित दर्ता गरेको छ ।

बिहीबार मर्सीसाइडको छिमेकी टोली ट्रानमेर रोभार्सलाई ६-० को अन्तरले पराजित गर्दै लिभरपुलले सानदार सुरुवात गरेको हो । लिभरपुलको जितमा युवा फरवार्ड रिहान ब्रेस्टरले २ गोल गरे । च्याम्पियन्स लिग फाइनलमा गोल गरेका डिभोक ओरिगीले पनि गोल गरेका थिए ।

खेलको छैटौं मिनेटमा ब्रेस्टरको पासमा नाथानिएल क्लाइनले गोलको खाता खोले । पहिलो हाफमै ब्रेस्टरले व्यक्तिगत दुई गोल गरेका थिए । ३८ औं मिनेटमा ह्यारी विल्सनको क्रसमा गोल गरेका उनले ४५ औं मिनेटमा दोस्रो गोलका लागि जेम्स मिल्नरले गरेको प्रहार गोलरक्षक स्कट डेभिसले बचाउन नसक्दा फाइदा उठाएका थिए ।

५३ औं मिनेटमा बेन वुडबर्नको क्रसमा कर्टिस जोन्सले गोल गरे । लगत्तै ओरिगीले ६० औं मिनेटमा पहिलो टचमा गोल गर्न सफल रहे । त्यसको ७ मिनेटपछि पल ग्लाटजेलले गोल गर्दै लिभरपुलको फराकिलो जित पक्का गरे ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.