default_image

6 years ago

July 14, 2019

फरवार्ड भरत र कराते टोलीको थाइल्यान्डमा भेटघाट

185 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्ड खुला कराते च्याम्पियनसिपमा भाग लिइरहेका नेपाली राष्ट्रिय कराते टोली र राष्ट्रिय फुटबल टोलीका फरवार्ड भरत खवासबीच आइतबार भेटघाट भएको छ ।

नेपाली फुटबल टोलीका फरवार्ड भरत खवास (बायाँबाट तेस्रो) का साथ नेपाली कराते टोली ।


च्याम्पियनसिपको अन्तिम दिन कराते टोलीलाई भेट्न भरत आयोजना स्थल पुगेका थिए । त्रिभुवन आर्मी क्लबका कप्तान एवंम राष्ट्रिय टोलीका उपकप्तान भरत सैन्य तालिमका लागि जेठ ३२ गते थाइल्यान्ड प्रस्थान गरेका थिए ।

सेनाका लेफ्टिनेन्ट रहेका भरत तीन महिने फ्लाइट डिसप्याचर र फ्लाइट अपरेसन अफिसर तालिमका लागि थाइल्यान्ड गएका हुन् । उनले सिभिल एभिएसन ट्रेनिङ सेन्टरमा तालिम लिइरहेका छन् । भरतले चोटका कारण पछिल्लोपटक मलेसिया र चाइनिज ताइपेईविरुद्धको खेल गुमाएका थिए ।

नेपालले विश्वकप छनोट अन्तर्गत नेपालले सेप्टेम्बरदेखि दोस्रो चरणको छनोटअन्तर्गत प्रतिस्पर्धा गर्नेछ । विश्वकप छनोटको समूह ड्र जुलाईमा हुनेछ । भरत विश्वकप छनोटका लागि नेपाल आइपुग्ने छन् ।

थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपको एकल कातामा रजत पदक जितेका मन्देकाजी श्रेष्ठका साथ नेपाली फुटबल टोलीका फरवार्ड भरत खवास (बायाँ) ।

आइतबार सकिने च्याम्पियनसिपमा नेपालले शनिबार १ रजत र १ कास्य पदक जितेको छ । स्वेदशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदको विशेष प्रशिक्षणमा रहेको कराते टोलीका सदस्य मन्देकाजी श्रेष्ठले एकल काता र महिला टोलीले कास्य पदक जितेको छ ।

आठौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता मन्देले फाइनलमा भने थोरै अंकले स्वर्ण पदक जित्नबाट बञ्चित रहे । स्वर्ण पदक विजेता इन्डोनेसियाका खेलाडीले २०.३६ स्कोर गरे भने मन्देले २०.२० स्कोर गरेका थिए । त्यसअघि पहिलो, दोस्रो र तेस्रो चरणमा भने मन्दे शीर्षस्थानमा रहन सफल भएका थिए ।

च्याम्पियनसिपमा रजत पदक विजेता मन्देकाजी र कास्य पदक जित्ने महिला टोली प्रशिक्षक रवि महर्जनका साथ ।

निर्मला तामाङ, कोपिला विष्ट र सरु कार्की सम्मिलित महिला टोलीले टिम कातामा कास्य पदक जितेको छ । नेपालले २२.८८ अंकका साथ कास्य पदक पक्का गरेको हो । नेपालसँगै ब्रुनाईले पनि कास्य पदक जितेको टिम कातामा चीनले स्वर्ण तथा म्यानमारले रजत पदक जितेको थियो ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.