6 years ago
July 29, 2019
एजेन्सी– रियल म्याड्रिड प्रशिक्षक जिनेदिन जिदान नयाँ सिजनमा गेराथ बेललाई टोलीमा राख्न चाहँदैनथे । उनले एक पटक ४८ घन्टामा बेलले क्लब छाडिसक्ने सम्म बताएका थिए । दिन वित्दै गए बेलका बारेमा अनेक अनुमान सार्वजनिक भए ।
घटनाक्रमले शनिबार नयाँ मोड लियो । चीनको एक क्लबले बेललाई भित्राउन गरेको प्रयासलाई रियलले अस्वीकार गरेका छ । चीनको सुपर लिग टोली जियाङसु सनिङले बेललाई भित्राउने प्रयास गरेको थियो । उनलाई प्रति साता १ मिलियन पाउन्डमा चिनिया क्लबले भित्राउन चाहेको बताइएको छ । तर, रियलले आइतबार दिउँसो प्रस्ताव अस्वीकार गरेको छ ।

मार्को एसेन्सियो गत साता मात्र चोटग्रस्त भएका थिए । उनी लामो समय मैदान फर्केने सम्भावना छ । शुक्रबार मात्र रियल ला लिगा प्रतिद्धन्द्धि एट्लेटिको म्याड्रिड ७–३ ले पराजित भएको थियो । क्लबको पछिल्लो अवस्थालाई मनन गर्दै सम्भवतः अब रियल बेललाई नबेच्ने मनस्थितिमा पुगेको छ ।
बेल सन् २०१३ मा टोटेनह्यामबाट तत्कालिन समयको विश्व कीर्तिमान ८५ मिलियन पाउन्डमा रियल पुगेका थिए । उनले रियललाई चार पटक च्याम्पियन्स लिग जिताउन भूमिका खेलेका थिए । ३० वर्षे स्टारले गत सिजनको फाइनलमा लिभरपुलविरुद्ध परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको अर्को मिनेटमा गोल गरेका थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]