default_image

6 years ago

July 29, 2019

नेयमार बार्सिलोना फर्के सबै खुसी हुनेछन् !

122 views

0 Bookmark

एजेन्सी– बार्सिलोनाका महान सामुइल इटोले नेयमार क्लबमा फर्के भने सबै खुसी हुने विश्वास व्यक्त गरको छन् । तर, सँगै उनले क्लबका सर्वाधिक सफल खेलाडी लियोन मेस्सीको योगदान अनुसारको सुविधा बढाउनुपर्ने तर्क गरका छन् ।

युथ एकेडेमी हुँदै आएका ३२ वर्षे मेस्सी क्लबप्रति निकै समपर्ण देखाएको इटोले बताए । जसका कारण उनी आफै पनि क्लबका सर्वाधिक सफल खेलाडी बन्न सफल भएका छन् ।

इटोले मेस्सीसँग बार्सिलोनामा पाँच वर्षसँगै खेलेका थिए । नेयमार यदि बार्सिलोना फर्कन्छन् भने त्यसले सबैलाई फाइदा पुग्ने उनको विचार छ । त्यसले मेस्सीलाई पनि राम्रो हुने उनले अनुमान गरे ।

‘यदि नेमार फर्कन्छने भने त्यसले सबैलाई खुसी लाग्नेछ । तर हरेक वर्ष मेस्सीको पारिश्रमिकलाई भने बढाउनुपर्ने हुन्छ,’ उनले भने,‘ यदि मेस्सी छन् भने हामी दुई गोल थप गर्न स्क्छौं र खेल जित्न सक्छौं ।’

ब्राजिलियन सुपर स्टार नेयमार स्पेन फर्कने चर्चा निकै लामो समयदेखि चलिरहेको छ । उनी आफै पनि पेरिस सेन्ट जर्मेन (पिएसजी) मा खुसी नहरेको बताइएको छ ।

विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा नेयमार दुई वर्षअघि बार्सिलोनाबाट पिएसजी पुगेका थिए । यता मेस्सीको बार्सिलोनासँगको सम्झौता सन् २०२१ सम्मह रहेको छ । उनलाई क्लबले आजीवन सम्झौता गर्न चाहेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.