6 years ago
July 31, 2019
एजेन्सी – लिभरपुलका डिफेन्डर भर्जिल भान डाइक यस वर्षको ब्यालोन डि’ओरको दौडमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो भन्दा अगाडी रहेको मानिएको छ ।

२७ वर्षे भान डाइन सन् २०१८ मा ७५ मिलियन पाउन्डमा लिभरपुल भित्रिएका थिए । गत सिजन लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउनमा भान डाइकको ठूलो भुमिका रहेको थियो । सिजन अवधिभर भान डाइनले २१ क्लिन सिट राख्न समेत मद्दत गरेका थिए ।
उनको प्रदर्शन स्वरुप उनले पिएफएको उत्कृष्ट खेलाडीको उपाधि जितेका थिए । सन् २००५ मा चेल्सीका जोन टेरीले सो उपाधि जितेयता कुनै पनि डिफेन्डरले पिएफएको उत्कृष्ट खेलाडीको उपाधि जितेका थिएनन् ।
सेप्टेम्बरमा हुने ब्यालोन डि’ओरको समारोह अगाडी भान डाइक ले अधिकांश बेटिङ साइटहरुमा अग्रस्थान ओगटेका छन् । स्काई बेट अनुसार भान डाइक पछि मेस्सी, रोनाल्डो र लिभरपुलका मोहम्मद सालाह यस वर्षका दाबेदार रहेका छन् ।

गत महिनाको कोपा अमेरिकाबाट बाहिरिनु अघि भने मेस्सी अग्रस्थानमा रहेका थिए । भान डाइकले नेदरल्यान्ड्सबाट पनि उच्च प्रदर्शन गरेकाले उनी पहिलो स्थानमा उक्लिएको बुझिएको छ ।
अर्को लोकप्रिय खेलकुद मिडिया स्पोर्ट्स बाइबलले गरेको जनमतमा भने प्रशंसकहरुले मेस्सी यस वर्षको हकदार रहेको बताए । ५४ प्रतिशत प्रशंसकले मेस्सीलाई चुने भने ४० प्रतिशत मात्रले भान डाइक चुनेका थिए ।
मेस्सी र रोनाल्डोले ५-५ पटक ब्यालोन डि’ओरको उपाधि जितेका छन् भने गत वर्ष १०-वर्षे मेस्सी-रोनाल्डो प्रभुत्व तोड्दै क्रोएसियाका कप्तान लुका मोड्रिचले सो उपाधि हात पारेका थिए ।
सन् २००६ मा इटालीलाई विश्वकप जिताउंदै कप्तान फाबियो कानाभारोले ब्यालोन डि’ओर हात पारेका थिए । उनी २१ औं शताब्दीमै ब्यालोन डि’ओर जित्ने एक्लो डिफेन्डर हुन् ।
के भान डाइकले मेस्सी र रोनाल्डोलाई उछिन्दै ब्यालोन डि’ओरको उपाधि उचाल्लान्?
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]