default_image

6 years ago

August 1, 2019

सन् २०१९ मा सन्न्यास लिएका ५ स्टार फुटबलर

169 views

0 Bookmark

एजेन्सी– खेलाडी सधैैंभर खेली रहन्छ भन्ने हुँदैन । जो कोही खेलाडी पनि आफ्नो ढल्कँदो र खस्कँदो प्रर्दशनसँगै खेलबाट विश्राम लिने गर्दछ ।

चाहे त्यो विश्वकै सर्वाधिक लोकप्रिय फुटबलमा होस वा अन्य खेल । त्यस्तै सन् २०१९ मा फुटबल करिअरबाट थुप्रै खेलाडीहरुले सन्न्यास लिई सकेका छन् । २०१९ मा सन्न्यास लिएका स्टार ५ फुटबलर यस प्रकार छन् ।

५. पिटर चेक

विश्वका फुटबलका महान मध्यका गोलकिपर चेकले युरोपा लिग फाइनल २०१९ मा चेल्सीले आर्सनलाई ४–१ ले हराएपछि फुटबल करिअरबाट सन्न्यास लिएका हुन । ३७ वर्षिय उनलाई चेल्सीले २००४ मा अनुबन्ध गरेको थियो । पछिल्लो केहि सिजन उनी चेल्सी छाडेर आर्सनल पुगेका थिए । उनले प्रिमियर लिगमा चार पटक गोल्डेन ग्लोभ जितेका छन् । उनले चेक गणतन्त्रको लागि १ सय २४ पटक प्रतिनिधित्व गरे । (खेल – ७८१, ट्रफि १८)

४. प्याट्रिस इभ्रा

म्यानचेस्ट युनाइटेडका इभ्राले पनि यसै वर्ष सन्न्यास लिएका छन् । म्यानचेस्टर युनाइटेडका लागि ९ वर्ष खेलेका उनी उत्कृष्ट लेफ्ट ब्याकको रुपमा विश्वपरिचित छन् । युभेन्टसबाट पनि उनले अब्बल प्रर्दशन गरे । उनले फ्रान्सबाट ८१ खेलमा प्रतिनिधित्व गरेका छन् । (खेल – ७७७, गोल – २४, उपाधि – २१)

३. रोबिन भान पर्सी

प्रिमियर लिगमा दुई पटक गोल्डेन बुट विजेता रोबिनले गत मे मा आफ्नो फुटबल करिअरबाट सन्न्यास लिएका हुन् । उनले आर्सनललाई धेरै पटक एक्लै गोल गर्दै जिताएका छन् । तर नेदरल्यान्डका लागि भने अभागी खेलाडीमा पर्दछन् । उनले अन्तर्राष्ट्रिय स्तरमा नेदरल्यान्डलाई उपाधि जिताउन सकेनन् । नेदरल्यान्डबाट १ सय २ खेलमा ५० गोल गरेका छन् । (खेल – ५९३, गोल – २ सय ७३, उपाधि – ७)

२. आर्जेन रोबेन

रोबेन इतिहासकै उत्कृष्ट विजेता खेलाडीमा पर्दछन् । उनको खेल करिअर सफल रह्यो । उनले चेल्सी, रियल म्याड्रिड र बायर्न म्युनिखबाट प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रर्दशन गरे । उनी आफ्नो फुटबल करिअरमा धेरै समय चोटसँग जुध्नुपर्यो । तर जब उनी फिट भएपछि भने उत्कृष्ट प्रर्दशन गरिरहे । रोबेनले नेदरल्यान्डका सर्बश्रेष्ठ खेलाडीमा हुन् । राष्ट्रिय टोलीबाट खेल्दा नेदरल्यान्डलाई उपाधि भने जिताउन सकेनन । (खेेल – ६०६, गोल – २१०, उपाधि – ३०)

१. जाभी हर्नान्डेज

स्पेनका जाभी इतिहासकै उत्कृष्ट मिडफिल्डर मध्यका एक हुन् । जाभीले देश र क्लब दुबैमा आफ्नो प्रर्दशनमा राज गरे । उनले आफ्नो उत्कृष्ट प्रर्दशनमा दुई पटक युरोपियन च्याम्पियनस्पि र एक पटक विश्वकप जिताए । (खेल – ९४३, गोल – ११३, उपाधि – २९)

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.