default_image

6 years ago

August 25, 2019

सलाहको दुई गोलमा लिभरपुलको लगातार तेस्रो जित

103 views

0 Bookmark

एजेन्सी – मोहम्मद सलाहको दुई गोल सहयोगमा मर्सिसाइड क्लब लिभरपुलले लन्डन क्लब आर्सनलमाथि जित हात पारेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनलमाथि ३–१ को जित निकालेको हो। जारी सिजनमा लिभरपुलको यो लगातार तेस्रो जित हो ।

लिभरपुलले यसअघि नर्विच सिटीलाई ४–१ ले तथा साउथह्याम्पटनलाई २–१ ले हराएको थियो । आर्सनलको यो पहिलो हार हो । आर्सनलले यसअघि न्यु क्यासलमाथि १–० को तथा बर्नलीमाथि २–१ को जित निकालेको थियो ।

खेलको ४१औं मिनेटमा जोएल माटिपको गोलमा लिभरपुल पहिलो हाफमा १–० ले अघि बढेको थियो ।

दोस्रो हाफको शुरुमै लिभरपुलले पेनाल्टीमार्फत अग्रता दोब्बर बनायो । आर्सनलमा डिफेन्डर डेभिड लुइजले सलाहलाई लडाएपछि प्राप्त पेनाल्टीमा सलाह आफैले गोल गरेका थिए ।

५८औं मिनेटमा सलाहले फाविन्होको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलाई ३–० ले अघि बढाए । ८५औं मिनेटमा लुकास टोरेराले गोल गर्दै आर्सनललाई खेदमा फर्काउने संकेत दिएपनि त्यो निकै ढिला भइसकेको थियो ।

त्यसपछि थप गोल निस्क्न नसक्दा लिभरपुल ३–१ले विजयी हुन सफल भयो ।

लगातार तेस्रो जितसँगै लिभरपुल ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पराजित आर्सनल समान ३ खेलबाटै ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.