6 years ago
August 25, 2019
एजेन्सी – रियाल म्याड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ । रियाल घरेलु मैदानमा रियल भालाडोलिडसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा रियालले भालाडोलिडलाई दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । खेलको ८२औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियाललाई अग्रता दिलाएका थिए ।
तर, खेल सकिन दुई मिनेट बाँकी रहँदा सर्जी गार्डीओलाले बराबरी गोल फर्काउँदा खेल १–१ गोलको बराबरीमा सकियो । प्रशिक्षक जिनेदिन जिदानले यस खेलमा ग्यारेथ बेल, हामेस रोड्रीगेज र इस्कोलाई पहिलो रोजाईमा खेलाएका थिए ।
बराबरीसँगै रियाल दुई खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । भालाडोलिड पनि समान दुई खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
रियल म्याड्रिडले अब अर्को खेल भिल्लारियलसँग आगामी आइतबार खेल्ने छ । भल्लाडोलिडले लेभान्टेसँग खेल्ने छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]