6 years ago
August 25, 2019
एजेन्सी – फरवार्ड रोवर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा पहिलो जित निकालेको छ ।

पहिलो खेलमा हर्था बर्लिनसँग २–२ गोलको बराबरी खेलेको बायर्नले घरेलु टोली साल्केमाथि ३–० को सहज जित निकालेको हो । बायर्नको सहज जितमा निकै उच्च फर्ममा रहेका लेवान्डोस्कीले ह्याट्रिक पुरा गरे । उनले अघिल्लो खेलमा पनि दुई गोल गरेका थिए ।

खेलको २०औं मिनेटमा लेवान्डोस्कीको पेनाल्टी गोलबाट बायर्न खेलमा अघि बढेको थियो । जोनजोइ केन्नीले किङ्सले कोमानलाई पेनाल्टी बक्समा लर्डापछि प्राप्त पेनाल्टीमा लेवान्डोस्की चुकेनन् ।

पहिलो हाफमा १–० को अग्रता लिएको बायर्नले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । ५०औं मिनेटमा लेवान्डोस्कीले करिव २५ यार्डमा प्राप्त फ्रिकिकमा उत्कृष्ट गोल गर्दै बायर्नलाई २–० ले अघि बढाए ।
७५औं मिनेटमा किङ्सले कोमानको पासमा लेवान्डोस्कीले ह्याट्रिक पुरा गर्दै बायर्नलाई ३–० को सहज जित दिलाए ।

साल्केविरुद्धको खेलमा यसै सिजन बायर्नमा अनुबन्ध भएका फिलेपे कौटिन्हो र इभान पेरिसिसले बुन्डेस लिगामा ‘डेब्यु’ गरे । उनीहरु ५७औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए ।
जितसँगै बायर्नले दुई खेलबाट ४ अंक जोडेको छ । पराजित साल्के १ अंक जोडेर १२औं स्थानमा छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]