default_image

6 years ago

August 25, 2019

‘नेयमार विश्वका उत्कृष्ट ३ खेलाडीमा पर्छन्’ – सर्जियो रामोस

114 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका कप्तान तथा डिफेन्डर सर्जियो रामोसले ब्राजिलियन फरवार्ड नेयमार विश्वका उत्कृष्ट ३ खेलाडीको सुचिमा पर्ने बताएका छन् ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार नेयमार पछिल्लो समय ट्रान्सफर बजारमा सरुवाको हल्लाले चर्चामा छन् । उनले यसअघि नै पीएसजी छाडेर जाने संकेत दिएका कारण रियल म्याड्रिड र बार्सिलोना दुवै टोलीले उनलाई अनुबन्धन गर्न प्रस्ताव पनि राखिसकेका छन् । पीएसजीले हालसम्म दुवै क्लबको प्रस्ताव अस्विकार गरेको छ । इटालियन क्लब युभेन्टसले पनि नेयमारको अवस्थालाई नजिकबाट नियालेको बुझिएको छ ।

यसक्रममा रियलका कप्तान रामोसले नेयमारको प्रशंसा गरेका छन् । ‘नेयमार उत्कृष्ट खेलाडी हुन्, विश्वका शीर्ष ३ खेलाडीमा पर्छन् । हाम्रो टोलीमा खेलाडी अनुबन्धन बारे कुरा गनु उची हुँदैन । हाम्रो टोली अहिले राम्रो अवस्थामा छ । ट्रान्सफर बजार खुला रहुन्जेल जो खेलाडी पनि आउने जाने हुन सक्छ, यसमा चर्चा गरेर बस्नु जायज छैन,’ उनले भने ।

रामोसले नेयमार नआएपनि टोली बलियो रहेको अभिव्यक्ति दिए । ‘ हामी अहिले उपलब्ध टोली बलियो छौं । ग्यारेथ बेल र हामेस रोड्रीग्वेज पनि अब टोलीमा मिसिएका छन् । हामी एकवद्ध भएर अगाडि बढ्नु आवश्यक छ,’ रामोसले थपे । उनले गोलरक्षक केलर नाभास र थिबाउट कोर्टुवा दुवै उत्कृष्ट रहेको र दुवै क्लबसँग रहनेमा आशावादी रहेको बताए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.