default_image

6 years ago

August 25, 2019

बर्नमाउथसँग सचेत सिटी

101 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो राउन्डमा आज तीन खेल हुँदैछन् ।

साविकको विजेता म्यानचेस्टर सिटीले बर्नमाउथको भ्रमण गर्दैछ । खेल साँझ ६ः४५ बजेपछि हुनेछ । आजै टोटेनहम हस्टपरले न्यु क्यासल युनाइटेडको र वुल्भ्सले बर्नलीसँग खेल्दैछ । वेस्टह्याम युनाइटेडमाथि ५–० को जितसँगै प्रिमियर लिगमा दमदार शुरुवात गरेको सिटी दोस्रो खेलमा टोटेनहमसँग २–२ गोलको बराबरीमा रोकिएको थियो ।

यस्तोमा सिटी प्रिमियर लिगमा दोस्रो जितको खोजीमा हुनेछ । सिटी जित निकाल्दै शीर्षस्थानको लिभरपुलसँगको अंकदुरी छोट्याउने योजनामा हुनेछ । बर्नमाउथविरुद्ध सिटीको इतिहास निकै राम्रो छ । प्रिमियर लिगमा पछिल्ला १४ भेटमा सिटी अपराजित छ । जसमा १२ जित र दुई बराबरी छ ।

सिटी यही प्रदर्शनलाई निरन्तरता दिन चहान्छ । बर्नमाउथविरुद्ध सिटीका लागि रहिम स्ट्रलिङ, सर्जियो अगुइरो, बर्नार्डो सिल्भा र केभिन डि ब्रुयन मुख्य हतियार हुनेछन् । तर, पछिल्ला खेलमा निकै उच्च प्रदर्शन गरिरहेको बर्नमाउथविरुद्ध सिटी सचेत भएर मैदान उत्रनेछ ।

यता, बर्नमाउथ घरेलु मैदानमा सिटीलाई स्तब्ध पार्ने दाउमा हुनेछ । पहिलो खेलमा सेफिल्डसँग १–१ को बराबरीमा रोकिएको बर्नमाउथले दोस्रो खेलमा एस्टन भिल्लामाथि २–१ को जित निकालेको थियो । बलियो सिटीविरुद्ध बर्नमाउथ अंक खोस्ने लक्ष्यमै रहनेछ । बर्नमाउथ सिटीसँगको पछिल्ला १४ खेलमा जित हात पार्न नसकेको जिन्कलाई पनि तोड्ने लक्ष्यमा हुनेछ । लिगमा सिटी र बर्नमाउथको समान ४ अंक छ । प्रिमियर लिगमै आज टोटेनहमले घरेलु मैदानमा न्यु क्यासल युनाईटेड तथा वल्भ्सले बर्नलीको सामना गर्नेछ । दुवै राति खेल ९ः१५ बजेपछि हुुनेछ ।

टोटेनहम दोस्रो जितको खोजीमा रहँदा अंकविहीन न्यु क्यासल पहिलो जितको खोजीमा हुनेछ । यस्तै अपराजित रहेको वल्भ्स बर्नलीलाई पराजित गर्दै लिगमा पहिलो जितको खोजीमा हुनेछ । वल्भ्सले यसअघिका दुवै खेल बराबरी खेलेको थियो । बर्नलीले १ जित र १ हार बेहोरेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.