6 years ago
August 25, 2019
एजेन्सी – आयोजक भारत र बंगलादेशले कलकत्तामा जारी साफ यू-१५ च्याम्पियनसिपअन्तर्गत आइतबारको खेलमा फराकिलो जित दर्ता गरेका छन् ।

कल्याणी रंगशालामा भएको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ७-१ को फराकिलो अन्तरले पराजित गरेको हो । बंगलादेशको जितमा मोहमद रहमान एक्लैले ४ गोल गरे । अल मिराद, रकिबुल इस्लाम र रब्बीले १-१ गोल थप्दा श्रीलंकाका लागि इशान मिरानले सान्त्वना गोल गरे ।

दिनको दोस्रो खेलमा भारतले भुटानलाई ७-० ले पराजित गर्यो । पहिलो हाफमा नै ४ गोल गरेको भारतका लागि श्रीदार्थ नोङमेकपाम र टाइसन सिंहले २-२ गोल गरे । सिंगसन पाओगुमाङ, रेनेडी युम्नाम र आइज्याक जोमुआन्पाईले १-१ गोल थपेपछि भारतले सहज जित दर्ता गरेको हो ।
यस नतिजासँगै भारत र बंगलादेशले समान २ खेलमा २ जितसँगै ६ अंक जोडेका छन् । गोल अन्तरको आधारमा भारत शीर्षस्थानमा छ । श्रीलंका र नेपालले १-१ जित दर्ता गर्दा भुटान जितविहिन रहेको छ । नेपालले पहिलो खेलमा भारतसँग ५-० को हार बेहोरेपछि श्रीलंकालाई २-० ले पराजित गरेको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]