default_image

6 years ago

August 25, 2019

अगुएरोको दुई गोलमा सिटीको जित

92 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोको दुई गोलमा साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगअन्तर्गत आईतबार बर्नमाउथलाई ३-१ ले पराजित गरेको छ ।

अगुएरोको गोलमा सिटीले १५ औं मिनेटमा अग्रता लिएको थियो । उनले केभिन डे ब्रूएनको पासमा गोल गरेका थिए । ४३ औं मिनेटमा रहिम स्टरलिङले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । घरेलु टोली बर्नमाउथका लागि ह्यारी विल्सनले इन्ज्युरी समयमा उत्कृष्ट फ्रिकिक गोल गर्दै अग्रता कम गरेका थिए ।

दोस्रो हाफको ६४ औं मिनेटमा डेविड सिल्भाको पासमा गोल गर्दै अगुएरोले सिटीलाई पुन: दुई गोलले अगाडि पुर्याए । थप गोल हुन नसक्दा सिटीले महत्त्वपूर्ण ३ अंक पक्का गर्यो । यस जितसँगै सिटीले शीर्ष स्थानको लिभरपुलसँग अंकको दुरी २ अंकमा झारेको छ । अघिल्लो खेलमा टोटेनहमसँग बराबरी खेलेको सिटीको ३ खेलमा ७ अंक छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.