default_image

6 years ago

August 25, 2019

टोटेनहम न्यु क्यासलसँग स्तब्ध

152 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम न्यु क्यासल युनाइटेडसँग स्तब्ध बनेको छ । टोटेनहम घरेलु मैदानमै न्यु क्यासलसँग १–० ले स्तब्ध बनेको हो ।

खेलको २७औं मिनेटमा जोइलिन्टनले गरेको गोल नै न्यु क्यासलको जितमा पर्याप्त बन्दा टोटेनहम स्तब्ध बन्न पुग्यो । खेलभर नै न्यु क्यासललाई दवावमा राखेपनि टोटेनहमले न्यु क्यासलको बलियो रक्षापङ्तिलाई तोड्न नसक्दा घरेलु मैदानमा स्तब्ध बन्न पुग्यो ।

२१औं मिनेटमा न्यु क्यासलले पेनाल्टीको मौका पाएपनि ह्युगो लोरिसले बचाएका थिए । तर, २७औं मिनेटमा क्रिस्टियन एट्सुको पासमा जोइलिन्टनले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।

३३औं मिनेटमा लुकास मोउराको प्रहारलाई मार्टिनले बचाउदा बराबरीबाट चुकेको थियो । पहिलो हाफको इन्ज्युरी समयमा लुकासको अर्काे मौकालाई सदुपयोग गर्न सकेन । दोस्रो हाफमा टोटेनहमले आर्धा दर्जन मौका पाएपनि त्यसलाई सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो ।

जितसँगै न्यु क्यासलले ३ खेलबाट ३ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ । टोटेनहम ४ अंकसहित सातौ स्थानमा छ ।

प्रिमियर लिगको अर्काे खेल वल्भ्स र वर्नलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । हारतर्फ उन्मुख घरेलु टोलीका लागि इन्ज्युरी समयको थप गरिएको सातौ मिनेटमा राहुल जिमिनेजले पेनाल्टीमा गोल गर्दै हार टारेका थिए ।

म्याथ्यु लोटनले रायन बेन्नेटलाई लडाएपछि रेफ्रीले भिएआरको सहायतामा वल्भ्सलाई पेनाल्टीको मौका दिएको थियो । जसमा राहुल जिमिनेज चुकेनन् ।

त्यसअघि खेलको १३औं मिनेटमा एस्ले वार्नेसको गोलमा वर्नली खेलमा अघि बढेको थियो । बराबरीपछि वल्भ्स ३ अंक जोडेर १५औं तथा ४ अंक जोडेर वर्नली छैटौ स्थानमा छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.