6 years ago
August 26, 2019
एजेन्सी – मुख्य फरवार्डद्धय कप्तान लियोनेल मेस्सी र लुइस सुआरेज नभएको अवस्थामा यसै सिजन क्लबमा अनुबन्ध भएका एन्टोइन ग्रिजमनले दुई गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा पहिलो जित निकालेको छ ।

बर्सिलोनाले घरेलु मैदानमा रियल बेटिसमाथि ५–२ को फराकिलो जित निकालेको हो ।बार्सिलोनाको फराकिलो जितमा एन्टोइन ग्रिजमनले दुई तथा कार्लेस पेरेज, जोर्डी अल्वा र आर्टुरो भिडालले समान १ गोल गरे । बेटिसका नविल फेकिर र लोरेन मोरनले गोल गरे ।
बार्सिलोना पहिलो खेलमा एथ्लेटिक विल्वाओसँग १–० ले पराजित भएको थियो । यस जितसँगै बार्सिलोनाले आफ्नो लय पक्रिएको संकेत दिएको छ ।

घरेलु मैदानमा बार्सिलोनाले १ गोलले पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो । क्याम्पनोउमा खेलको १५औं मिनेटमा नविल फेकिरले गोल गरेपछि बार्सिलोना पछि परेको थियो ।
४१औं मिनेटमा एन्टोइन ग्रिजमनले सर्जि रोवर्टाेको पासमा गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।
५०औं मिनेटमा ग्रिजमनले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई पहिलोपटक खेलमा २–१ को अग्रता दिलाए । ५६औं मिनेटमा कार्लेस पेरेजले गोल गरेपछि बार्सिलोना जिततर्फ अग्रसर बन्यो । ६०औं मिनेटमा अल्वाले गोल गरेपछि बार्सिलोनाले खेलमा ४–१ को अग्रता बनायो ।
७७औं मिनेटमा भिडालले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे । ७९औं मिनेटमा लोरेनले गोल गरेपनि बार्सिलोना ५–२ ले विजयी हुन सफल भयो ।
जितसँगै बार्सिलोनाले दुई खेलबाट ३ अंक जोड्दै नवौं स्थानमा रहेको छ । अंकविहीन रियल बेटिस पुछारमा छ ।
आइतबार राति नै भएको अर्काे खेलमा एट्लेटिको मड्रिडले लेगानेसमाथि १–० को कठिन जित निकालेको छ । एट्लेटिकोको जितमा भिटोलोले ७१औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
जितसँगै एट्लेटिको दुई खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अंकविहीन लेगानेस १९औं स्थानमा छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]