default_image

6 years ago

August 26, 2019

नेपाली टोली र मलेसियन क्लबबीचको खेल आज

94 views

0 Bookmark

कठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोली टोलीले आज मलेसियाको सुपर लिग च्याम्पियन क्लब जोहोर दारुलसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल नेपाली समय अनसुार साँझ ६ः३० बजे सुरु हुनेछ ।

मिडफिल्डर सुजल श्रेष्ठको कप्तानीमा नेपाली टोली मैदान उत्रनेछ । नियमित कप्तान विराज महर्जन तथा उपकप्तानद्वय भरत खवास र किरण चेम्जोङ टोलीमा नरहेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुजललाई कप्तान नियुक्त गरेको हो । टोलीको उपकप्तानमा विकेश कुथु रहेका छन् ।

सुजलले कप्तानी गरेपनि त्यो औपचारिक रुपमा राष्ट्रिय टोलीको कप्तानीमा भने गणना हुने छैन । नियमित कप्तान विराजलाई यसपटक आराम दिइएको थियो भने उपकप्तान भरत थाइल्याण्ड र किरण जापानमा छन् । विश्वकप छनोट अन्तर्गत कुवेतसँग भदौ १९ गते पहिलो खेल खेल्नुअघि मलेसियाली क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.