6 years ago
August 26, 2019
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार रियल बेटिसविरुद्ध ५-२ को जितमा बार्सिलोनाका लागि १६ वर्षीय अन्सुमान फातीले डेब्यु गरेका छन् ।

एन्टोइन ग्रिज्मनले नयाँ क्लबका लागि गोलको खाता खोलेर महत्त्वपूर्ण जित दिलाएको खेलमा बार्सिलोनाले युवा फरवार्ड फातीलाई अवसर दिएको हो । खेलको ७८ औं मिनेटमा कार्लेस पेरेजको स्थानमा मैदान प्रवेश गर्दै फाती ला लिगाको इतिहासमा डेब्यु गर्ने दोस्रा कान्छा खेलाडी बने । यसअघि सन् १९४१ को अक्टोबरमा रियल म्याड्रिडका भिसेन्टे मार्टिनेजले फातीभन्दा १८ दिन कम उमेरमा डेब्यु गरेका थिए ।
गिनिया बिसाउका नागरिक फातीको उमेर १६ दिन २ सय ८० दिन मात्र भएको छ । उनी सन् २०१३ मा १० वर्षको उमेरमा बार्सिलोनाको एकेडेमीमा आएका थिए । उनले केहि साता अघि मात्र नयाँ सम्झौता गर्दै क्लबमा जुन २०२२ सम्म रहने पक्का गरेका छन् । उनले गत सिजन यू-१८ टोलीमा राम्रो प्रदर्शन गरेका थिए । यति छिट्टै पहिलो टोलीमा पर्ने सम्भावना नभएपनि कप्तान लिओनेल मेस्सी, लुइस सुआरेज र ओस्मान डेम्बेले घाइते भएपछि उनले अवसर पाएका हुन् ।
खेलपछि कप्तान मेस्सीले उनलाई डेब्यु गरेको बधाई दिँदै अंकमाल गरेको तस्बिर इन्स्टाग्राममा राखेका थिए । मेस्सीले लेखेका छन्, ‘ युवा खेलाडीले सिनियर टोलीमा रहेर क्याम्प नोउमा खेल्ने आफ्नो सपना पूरा गरेको देख्दा खुसी लागेको छ ।’ खेलपछि फातीका पिताले पनि आफ्नो छोराले बार्सिलोनाका लागि डेब्यु गरेको देखेपछि अब सबै सपना पूरा भएको बताए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]