default_image

6 years ago

August 26, 2019

मैत्रीपूर्ण खेलमा नेपाल पछाडि

105 views

0 Bookmark

कठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा पछि परेको छ । मलेसियाको सुपर लिग च्याम्पियन क्लब जोहोर दारुलसँगको मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपाल १–० ले पछि परेको हो । नेपाली टोली तेस्रो मिनेटमै पछि परेको थियो ।

निकोलस अबर्टोले फ्रिकिकमा गोल गर्दै जोहोरलाई अग्रता दिलाएका हुन् । विश्व कप छनोटको तयारीका सिलसिलामा नेपाली टोलीले मैत्रीपूर्ण खेलका लागि मलेसिया पुगेको हो ।

मिडफिल्डर सुजल श्रेष्ठको कप्तानीमा नेपाली टोली मैदान उत्रेको छ । नियमित कप्तान विराज महर्जन तथा उपकप्तानद्वय भरत खवास र किरण चेम्जोङ टोलीमा नरहेका कारण सुजल कप्तान नियुक्त भएका थिए ।विश्वकप छनोट अन्तर्गत नेपालले पहिलो खेल कुवेतसँग भदौ १९ गते खेल्नेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.