default_image

5 years ago

September 4, 2019

एन्फाले ल्यायो ‘मोफसल फुटबल प्रतियोगिता नियमावली’

140 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोसफलमा सञ्चालन हुँदै आएका नकआउट फुटबल प्रतियोगितालाई नियमनका लागि मोसफल फुटबल प्रतियोगिता नियमावली जारी गरेको छ ।

मोसफलमा आयोजना हुने नकआउट प्रतियोगितालाई सुविधा र अन्य मापदण्डका आधारमा पहिलो पटक तीन वर्गमा विभाजन गरेको छ । सहभागिता टोलीको आधार र अन्य विषयलाई आधार मानेर मोसफलका नकआउट प्रतियोगिता ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरिएको एन्फाले बुधबार प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

एन्फाको निगरानीमा सञ्चालन हुने प्रतियोगितालाई व्यवस्थित बनाउन खेल मैदानको अवस्था, सुरक्षा व्यवस्था, सहभागी टोलीको संख्या, विदेशी टोलीको सहभागितालाई पनि वर्ग विभाजनको आधार मानेको छ ।

त्यस्तै प्रतियोगितामा जनशक्तिको प्रयोग, व्यवस्थापन, पुरस्कार राशी, मेडिकल सुविधा, इमान्दारिता, पारदर्शिता राख्नु पर्ने गरि नियमावली निर्माण गरेको छ । नियमावलीमा २८ बुँदा रहेका छन् । एन्फाले नेतृत्वले आफ्नो चुनावी एजेन्डाका रुपमा मोफसलको फुटबल प्रतियोगिताको व्यवस्थापनलाई पनि राखेको थियो ।

एन्फाले तोकेको ‘क’ बर्गको प्रतियोगिता आयोजना गर्नका लागि प्रतियोगितामा कम्तीमा १० टोलीको सहभागिता हुनुपर्ने तोकिएको छ । जसमा ६ वटा ए डिभिजिन क्लबको सहभागिता हुनुपर्नेछ । ती ६ टोलीमा पनि केहि सर्त छन् ।

पछिल्लो लिग तालिका अनुसार शीर्ष स्थन देखि छैटौं स्थानमा आउने मध्येबाट ४ वटा क्लब हुने पर्ने, सातौं देखि १० औं स्थान प्राप्त गर्ने मध्ये एक तथा ११ औं देखि १४ औं स्थानमा आउने क्लबमध्येबाट एक हुनुपर्ने नियमावलीमा उल्लेख छ । त्यस्तै सम्भव भए सम्म एउटा विदेशी टोली, आयोजक टोली, मोसफल वा प्रदेशमध्येबाट एउटा टोली हुनुपर्ने बताइएको छ ।

त्यस्तै ‘ख’ वर्गको प्रतियोगिता आयोजनाका लागि कम्तीमा १० टोलीको सहभागिता हुनुपर्नेछ । जसमा ६ वटा ए डिभिजनका क्लबको सहभागिता हुनुपर्नेछ । त्यसमा शीर्षस्थान देखि छैटौं स्थान आउने मध्ये २, सातौं देखि १० औं स्थान प्राप्त गर्ने मध्येबाट २ तथा ११ औं देखि १४ औं स्थान सम्म आउने २ टोलीको सहभागिता हुनुपर्नेछ । त्यस्तै सम्भव भएसम्म एक विदेशी टोली, आयोजक, मोसफल र प्रदेश टोलीमध्येबाट एक हुनुपर्ने नियमावलीमा उल्लेख छ ।

त्यस्तै ‘ग’ वर्ग प्रतियोगिताको लागि कम्तिमा पनि ८ वटाको सहभागिता हुनेपर्नेछ । जसमध्ये ४ वटा ए’ डिभिजन क्लब हुनेपर्ने सर्त छ । त्यसमा पहिलो देखि छैटौं स्थान सम्म आउने मध्येबाट १ क्लब, सातौंदेखि १० औं आउने टोलीबाट २ तथा ११ औं देखि १४ औं स्थानमा आउने टोली मध्येबाट १ टोली हुनुपर्नेछ । त्यस्तै आयोजक, मोसफल र प्रदेश टोलीका टोलीको सहभागिता रहनु पर्नेछ ।

एन्फाले पुरस्कार राशीको मापदण्ड समेत तोकेको छ । क वर्गको प्रतियोगिताको प्रथम पुरस्कार कम्तीमा १० लाख, ख वर्गका लागि ८ लाख र ग वर्गका लागि ६ लाख रुपैयाँ तोकेको छ।

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

May 19, 2024

क्लोपको लिभरपुल कार्यकालको सुखद अन्त्य

एजेन्सी – प्रशिक्षक जोर्गेन क्लोपको अन्तिम खेलमा लिभरपुलले सुखद नतिजा प्राप्त गरेको छ । ९ वर्ष पछि लिभरपुलबाट विदा हुन लागेका क्लोपको अन्तिम खेलमा लिभरपुलले वल्भस विरुद्ध २-० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा एलेक्सिस मक यालिस्टर र ज्यारेल क्वान्साहले १-१ गोल गरे । लिभरपुलले तेस्रो स्थानमा रहँदै लिग सिजनको अन्त्य गरेको छ […]

Success

Thank you for your time.