default_image

5 years ago

September 14, 2019

हाजार्ड रियलको टोलीमा समावेश

एजेन्सी – बेल्जियन विंगर इडेन हाजार्ड स्पेनिस ला लिगा अन्तर्गत शनिबार हुने लेभान्तेविरुद्ध खेलका लागि रियल म्याड्रिडको टोलीमा समेटिएका छन् । रियलले शनिबार नेपाली समयअनुसार दिउँसो ४:४५ बजे लेभान्तेसंग खेल्दैछ । चोटका कारण सुरुवाती खेलहरु गुमाएका हाजार्डले अन्तर्राष्ट्रिय ब्रेकमा पनि विश्राम लिएका थिए । हाजार्डले रियलका लागि प्रतिस्पर्धात्मक खेलमा डेब्यु गरेका छैनन् । लेभान्तेविरुद्ध खेलमा […]

35 views

0 Bookmark

एजेन्सी – बेल्जियन विंगर इडेन हाजार्ड स्पेनिस ला लिगा अन्तर्गत शनिबार हुने लेभान्तेविरुद्ध खेलका लागि रियल म्याड्रिडको टोलीमा समेटिएका छन् । रियलले शनिबार नेपाली समयअनुसार दिउँसो ४:४५ बजे लेभान्तेसंग खेल्दैछ ।

चोटका कारण सुरुवाती खेलहरु गुमाएका हाजार्डले अन्तर्राष्ट्रिय ब्रेकमा पनि विश्राम लिएका थिए । हाजार्डले रियलका लागि प्रतिस्पर्धात्मक खेलमा डेब्यु गरेका छैनन् । लेभान्तेविरुद्ध खेलमा उनी पहिलो रोजाइमा नै खेल्ने प्रबल सम्भावना रहेको छ । मिडफिल्डका खेलाडीहरु घाइते हुनुले पनि हाजार्ड पहिलो रोजाइमा खेल्दा थप जिम्मेवार हुनुपर्ने देखिएको छ ।

हाजार्डसँगै रियलको आक्रमणमा करीम बेन्जेमा र लुका जोभिच साथमा हुनेछन् । जोभिचले पनि चोटबाट पुनरागमन गर्दैछन् । राष्ट्रिय टोलीबाट खेल्दा सामान्य चोट बोकेपनि उनी टोलीमा समेटिएका छन् । यधपी मिडफिल्डर इस्को, मोड्रीच र भालभेर्डे चोटका कारण उपस्थित रहने छैनन् । मध्यक्रममा क्यासेमिरो, टोनी क्रुस र हामेस रोड्रीग्वेज मात्र फिट रहेका छन् ।

विंगर ग्यारेथ बेल अघिल्लो खेलमा रातो कार्ड पाएका कारण यस खेलका लागि उपलब्ध छैनन् । युवा ब्राजिलियन भिनिसियस जुनियर  र रोड्रीगो टोलीमा रहेका छन् । यीमध्य एकले सुरुवाती रोजाइमा खेल्ने प्रबल सम्भावना रहेको छ । जिदानले नयाँ गोलरक्षक अल्फोन्स अरिओलालाई पनि टोलीमा समेटेका छन् ।

लेभान्तेविरुद्ध रियलको १९ सदस्यीय टोली:

गोलरक्षक : थिबाउट कोर्तुवा, अल्फोन्स अरिओला, अल्तुबे

डिफेन्डर : ड्यानी कार्भाजल, इडर मिलिसाओ, सर्जियो रामोस, राफेल भाराने, नाचो फर्नान्डेज, मार्स्लो, फर्लान्ड मेन्डी

मिडफिल्डर : टोनी क्रुस, क्यसेमिरो, हामेस रोड्रीग्वेज

फरवार्ड : इडेन हाजार्ड, करीम बेन्जेमा, लुकास भाज्केज, लुका जोभिच, भिनिसियस जुनियर, रोड्रीगो

April 16, 2024

आरसी ३२ को तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– आरसी–३२ ले सहिद स्मारक लिग ‘सी’ डिभिजनमा लगातार तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आरसीले महावीरलाई १–० ले हरायो । अर्को खेलमा बागमती युवा क्लबले सामाजिक युवा क्लबलाई २–० ले पराजित गरेको छ । विवेक राईले २८ औं मिनेटमा गरेको गोल आरसी ३२ का […]

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

Success

Thank you for your time.