default_image

10 years ago

June 7, 2016

ललित स्मृतिको उद्घाटनमा मनाङ र एपिएफ भिड्ने

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र एपिएफ भिड्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवहाक अध्यक्ष ललिकृष्ण श्रेष्ठको बर्ष दिनको पून्य तीथि पारेर आयोजना गर्न लागिएको प्रतियोगिता उद्घाटन खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ भने बाँकी खेलहरु दशरथ रंगशालामा हुने भएका छन् । गत बर्ष जेठ २९ गते भैंसीपाटीस्थित नयाँ घरमा सरेकै दिन करेन्ट लागेर श्रेष्ठको मृत्यु भएको थियो ।

स्वर्गिय लतिलकृष्ण श्रेष्ठ ।

स्वर्गिय लतिलकृष्ण श्रेष्ठ ।

शनिबार नै एन्फाले प्रतियोगिता सुरु सँगै स्वर्गिय श्रेष्ठको शालिक अनावरण समेत गर्ने भएको छ । ए डिभिजन क्लबका ८ र गत बर्ष राष्ट्रिय लिग खेल्ने राजधानीबाहेकका ४ गरि १२ टोलीले प्रतियोेगितामा प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ । सहभागि टोलीलाई चार समूहमा विभाजन गरिएको छ भने हरेक समूहमा ३ टोली छन् ।
लिग कम नकआउटपछि हरेक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।
पहिलो पटक आयोजना हुन लागेको यू १८ को समुह ‘ए’ मा एपिएफ, र मनाङबाहेक झापा–११ छ । समूह ‘बी’ मा जावलाखेल युथ क्लब, त्रिभुवन आर्मी र लुम्बिनी छन् ।
राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्रीस्टार, संकटा र सुदुरपश्चिम समुह ‘सी’ तथा नेपाल पुलिस, मोरङ र सरस्वती क्लब समूह ‘डी’ मा छन् । स्वर्गिय लामो समय थ्री स्टारको अध्यक्ष रहेका थिए ।
ललित स्मृति प्रतियोगिताको विजेताले ३ लाख र दोस्रो हुने टोलीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । फाइनल असार ११ गते हुनेछ । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्डर र स्ट्राइकर जनही १५ हजार पाउनेछन् ।
काठमाडौंका १२ ए डिभिजनमध्ये ८ क्लबले मात्र यो प्रतियोगितामा भाग लिनेछन् । मछिन्द्र र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले टोलीका तयारी नभएको भन्दै नखेल्ने जानकारी गराएको एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले यसअघि नै जानकारी दिइसकेका छन् । अन्य दुई क्लब हिमालय शेर्पा र फ्रेन्ड्स क्लबमाथि भने एन्फाले गत बर्ष गरेको कारवाही फुकुवा भइ नसकेकाले सहभागि नगराइएको एन्फाले जनाएको छ ।

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

Success

Thank you for your time.