काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिपको अर्को संस्करण पनि बंगलादेशमा हुने भएको छ । सोमबार मलेसियामा बसेको साफको कार्यसमिति बैठकले यो लगायत विभिन्न निर्णय गरेको हो ।
गतवर्ष सेप्टेम्बरमा बंगलादेशमा आयोजित च्याम्पियनसिप यसपटक पाकिस्तानमा हुने पूर्वतयारी रहेको थियो । तर साफ बैठकले आयोजनाको जिम्मेवारी बंगलादेशलाई सुम्पिएको हो । प्रतियोगिता सेप्टेम्बर २०२० मा आयोजना हुनेछ । गतवर्ष भारतलाई पराजित गर्दै माल्दिभ्सले उपाधि जितेको थियो ।
साफ बैठकमा साफ च्याम्पियनसिपसँगै सन् २०२० मा हुने अन्य प्रतियोगिताको अनि टुंगो लागेको छ । अगष्ट महिनामा साफ यू-१५ च्याम्पियनसिप आयोजना हुनेछ । साफ यू-१८ महिला च्याम्पियनसिप सेप्तेम्बेर/अक्टोबर महिनामा हुनेछ । साफ यू-१५ च्याम्पियनसिप पनि अक्टोबरमा नै आयोजना हुनेछ ।
नेपालबाट साफका उपाध्यक्ष समेत रहेका मणि कुँवर र एन्फा महासचिव इन्द्रमान तुलाधर बैठकमा सहभागी भएका थिए । बैठकको अध्यक्षता साफ तथा बंगलादेश फुटबल महासंघका अध्यक्षका काजि सलालुद्दीनले गरेका थिए ।