6 years ago
September 18, 2019
पोखरा (हाम्रो खेलकुद) – पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति ( गण्डकी खेलकुद विकास समिति) ले सहारा क्लबको नव निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य राजेश कुमार गुरुङको अगुवाईमा समितिले बुधबार जिल्ला खेलकुद विकास समितिको सभाहल (पोखरा रंगशाला) मा नयाँ कार्यसमितिलाई स्वागत गर्दै बधाई ज्ञापन गरिएको थियो ।
राखेपका सदस्य राजेश कुमार गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, समितिका निर्देशक बिद्या मर्सानी लगायतकोे टोलीले सहाराका अध्यक्ष सहितको टोलीलाई स्वागत गर्दै बधाई दिएका थिए । क्षेत्रिय समितिका निर्देशक बिद्या मर्सानीले सहारा क्लवको टोलीलाई पहिलो पटक रंगशालामा बधाई ज्ञापन गरिएको बताए ।
क्लबका संस्थापक अध्यक्ष बसन्त थकालीले सहारा क्लवको २१ बर्षको इतिहासमा पहिलो पटक समितिले क्लब पदाधिकारीलाई स्वागत तथा बधाई ज्ञापन गर्ने परिपाटीको संस्कार विकास गरेकोमा खुसि व्यक्त गर्दै यसलाई निरन्तरता दिन आग्रह गरे ।
क्लबका पूर्व अध्यक्ष विक्रम थकालीले खेलकुदको सर्वोच्च निकाय राखेप, जिल्ला र क्षेत्रिय खेलकुद विकास समितिलाई अभिभावकत्वको रुपमा आफुहरुले मान्दै आएको अबस्थामा यसपाली क्लबलाई बधाई ज्ञापन गरेसंगै दोहोरो माया हुने विश्वास व्यक्त गरे । सहारा क्लवले हरेक बर्ष बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै नविकरण समेत गर्दै आएको उनले जनाए ।
सहाराका अध्यक्ष केशबहादुर थापाले आउदै गरेको साग अन्र्तगत कुनै पनि जिम्मेवार बहन गर्न क्लव तयार रहेको बताए । उनले भने ,’ हामी फुटबल खेलसंग बढी नजिक छौं, सकभर फुटवल खेलसम्बन्धि कुनै प्रकारको जिम्मा दिएमा त्यसलाई हामीले सफलता पूर्वक जिम्मेवारी वहन गर्न तयार छौं । ‘
राखेप सदस्य गुरुङले फुटबल र सामाजिक कार्यमा अघि बढेको क्लबको नयाँ पदाधिकारीहरुलाई थप हौसला प्रदान गर्न समितिमा बधाई ज्ञापन कार्यक्रमको शुरुवात गरिएको बताए । दुवै समितिको पदाधिकारी रिक्त भएको अबस्थामा उनले आगामी दिनमा आउने समितिले राम्रो काम गर्ने कुनै पनि संघ संस्थालाई समन्वय गरी अघि बढ्न सुझाव दिए ।
पोखरामा हुने १३ औं साग मा सहारा एकेडेमीको मैदान प्रशिक्षणको लागि प्रयोग गर्न सकिने उनले जनाए । एकेडेमीको फुटवल मैदान थप बिस्तार गर्न सेतीनदी किनाराबाट २० मिटर आवश्यक भएकोले त्यसको लागि आफ्नो तर्फबाट पहल गर्ने जनाए । यसैबिच, पोखरामा निर्माण हुदै गरेको पोखरा फुटबल रंगशालाको राखेप सदस्य गुरुङ, क्लबका पदाधिकारी सहितको टोलीले अवलोकन समेत गरेको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]