default_image

5 years ago

September 22, 2019

रुस्लान थ्रीस्टारले बंगलादेशमा खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष डिभिजन क्लब रुस्लान थ्री स्टार क्लबले बंगलादेशमा हुने शेख कमल अन्तर्राष्ट्रिय क्लब कपमा सहभागिता जनाउने भएको छ । ललितपुरमा आइतबार जारी थ्री स्टारको वार्षिक साधारण सभामा महासचिव सञ्जिव शिल्पकारले यसबारे जानकारी दिएका हुन् । आज थ्री स्टारको चुनावी साधारणसभा हुँदैछ । २०७२ सालमा तत्कालिन अध्यक्ष ललितकृष्ण श्रेष्ठलाई गुमाएपछि लामो समयदेखि […]

59 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष डिभिजन क्लब रुस्लान थ्री स्टार क्लबले बंगलादेशमा हुने शेख कमल अन्तर्राष्ट्रिय क्लब कपमा सहभागिता जनाउने भएको छ ।

ललितपुरमा आइतबार जारी थ्री स्टारको वार्षिक साधारण सभामा महासचिव सञ्जिव शिल्पकारले यसबारे जानकारी दिएका हुन् । आज थ्री स्टारको चुनावी साधारणसभा हुँदैछ । २०७२ सालमा तत्कालिन अध्यक्ष ललितकृष्ण श्रेष्ठलाई गुमाएपछि लामो समयदेखि थ्री स्टारमा अरुणमान जोशीले कार्यवाहक अध्यक्ष रहँदै आएकम थिए ।

यसअघि नेपालबाट सन् २०१७ मा मनाङ मर्स्याङ्दीले यस प्रतियोगितामा सहभागिता जनाएको थियो । उक्त संस्करणमा किरण चेम्जोङ सम्मिलित टिसी स्पोर्ट्सले उपाधि जितेको थियो ।  प्रतियोगिता अक्टोबर १९ देखि ३० सम्म बंगलादेशको चितगोङमा हुनेछ ‌।

प्रतियोगितामा थ्रीस्टारसँगै माल्दिभ्सको टिसी स्पोर्ट्स, भारतको मोहुन बगान, चेन्नई सिटी र मोहमडन तथा बंगलादेशको अबाहानी ढाका, चितगोङ अबाहानी र बसुन्धारा किङ्गस रहेका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.