5 years ago
September 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल साफ यू-१८ च्याम्पियन्सिप अन्तर्गत समूह चरणको दोस्रो तथा अन्तिम खेलमा भुटानसँग पहिलो हाफमा १-० गोलले पछि परेको छ ।
हल्चोकस्थित नेपाल एपीएफ क्लबको खेल मैदानमा जारी खेलमा ३७ औं मिनेटमा बक्सभित्र हुलमुलकाबीच यसी दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाएका हुन् । त्यसअघि ११ औं मिनेटमा लोडे वाङ्चुकको कर्नरमा डिफेन्डरले राम्रोसँग क्लियर गर्न नसकेको बलमा किन्ले दोर्जेको प्रहार गोलरक्षक विशाल सुनारले बचाए । १९ औं मिनेटमा बर्मा सोनामको फितलो प्रहार बिशालले सहजै बचाएका थिए ।
२५ औं मिनेटमा ब्रिजेश चौधरीको पासमा शिशिर लेखीको क्रसमा मनिष डाँगीको हेडर भुटानी गोलरक्षकले बचाए । लगत्तै मनिषको क्रसमा ब्रिजेशको प्रहार डिफेन्डरबाट क्लियर गरिदिएका थिए । ३५ औं मिनेटमा ब्रिजेशको प्रहारलाई भुटानी गोलरक्षक तेन्जिङ दोर्जीले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा पाएको अर्को अवसरमा ब्रिजेशको प्रहार बाहिरियो ।
यस खेलमा नेपाल विजयी भए सेमिफाइनलमा प्रवेश गर्ने छ । समूहको अन्तिम स्थान भने भुटान र माल्दिभ्सको खेलपछि टुंगो लाग्नेछ । नेपाल र भुटानको खेल बराबरीमा सकिएको खण्डमा भने नेपालले अन्तिम खेलको नतिजा प्रतिक्षा गर्नुपर्ने हुन्छ ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]
December 12, 2024
एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा पनि रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]