default_image

5 years ago

September 23, 2019

भारतलाई रोक्दै बंगलादेश सेमिफाइनलमा

45 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-१८ च्याम्पियनसिप अन्तर्गत साविकको उपविजेता बंगलादेश समूह बी बाट सेमिफाइनल गर्ने पहिलो टोली बनेको छ ।

सोमबार हल्चोकस्थित एपीएफ मैदानमा भएको खेलमाउपाधिको बलियो दावेदार भारतलाई गोलरहित बराबरीमा रोक्दै बंगलादेशले अन्तिम ४ मा स्थान पक्का गरेको हो । यसअघि समूह बीको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । भारतको भने प्रतियोगितामा यो पहिलो खेल हो ।

यस नतिजासँगै बंगलादेशले २ खेलमा ४ अंक जोड्दै समूहको शीर्षस्थानमा स्थान बनाएको छ । भारत १ अंकसहित दोस्रो र श्रीलंका तेस्रो स्थानमा छ । भारतले अब यस समूहको अन्तिम खेलमा बुधबार श्रीलंकाको सामना गर्नेछ । भारतलाई अब समूह विजेता बन्न कम्तिमा ३ गोलको जित आवश्यक छ ।

प्रतियोगिताकै अर्को समूहमा भने नेपाल समूह चरणबाटै बाहिरिने संघारमा छ । उद्घाटन खेलमा माल्दिभ्ससँग १-१ को बराबरीमा रोकिएको नेपाल दोस्रो खेलमा भुटानसँग ३-० ले पराजित भएको थियो । मंगलबार हुने खेलमा भुटान र माल्दिभ्स भिड्नेछन् । माल्दिभ्सलाई सेमिफाइनल पुग्न बराबरी पर्याप्त छ भने भुटान अन्तिम चारमा प्रवेश गरिसकेको छ । भुटानले ३ वा सोभन्दा बढी गोलले माल्दिभ्सलाई पराजित गरे नेपालको पनि सम्भावना रहनेछ ।

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डका लागि […]

Success

Thank you for your time.