9 years ago
June 10, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले आज भएको मैत्रीपूर्ण खेलमा गोरखा ब्रुअरी लाई हराएको छ । फ्रान्समा आजबाट सुरु हुने युरोपियन च्याम्पियनसिपको सन्दर्भ पारेर गोखरा ब्रुअरीले मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरेको थियो । हलचोकस्थित सशस्त्र प्रहरीको मैदान भएको खेलमा मञ्च ४–२ ले विजयी भएको थियो ।
खेल पत्रकारको टोलीको जितमा सुवास हुमागाईले पेनाल्टीसहित दुई तथा आयुष खड्का र आदर्श ढकालले एक–एक गोल गरे । गोरखा ब्रुअरीका लागि निर्भिक प्रधान र शिखर श्रेष्ठ गोल फर्काए । इङ्लिस क्लब लिभरपुलको प्रायोजक रहेको काल्सबर्ग युरोपियन च्याम्पियनसिपको अफिसियल बियर हो । नेपालमा गोरखा ब्रुअरी काल्र्सबर्गको आधिकारिक विक्रेता हो ।
गोरखा ब्रुअरीका मार्केटिङ मेनेजर बैभव शर्माले भने,‘युरोको माहोल बढाउनका लागि हामीले मैत्रीपूर्ण खेल आयोजना गरेका हौं ’ युरो कप २०१६ को उद्घाटन खेलमा राती १२ः४५ बजे आयोजक फ्रान्सले रोमानियाको सामना गर्दैछ ।
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]