default_image

5 years ago

September 28, 2019

गोलरक्षकको गल्तीमा लिभरपुल भाग्यमानी

एजेन्सी – विपक्षी गोलकिपरको गल्तिको फाइदा उठाउँदै लिभरपुलले प्रिमियर लिगमा लगातार १६ औं जित दर्ता गराएको छ । लिभरपुलले शनिबार सेफिल्ड युनाइटेडलाई उसकै मैदानमा १–० ले हराएको छ । जर्जियानो वाइनाल्डमले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट ७० औं मिनेटमा गरेको प्रहारलाई गोलकिपर डेयन हेन्डरसनले रोक्ने प्रयास त गरे । तर उनले बल नियन्त्रणमा लिन सकेनन् र […]

51 views

0 Bookmark

एजेन्सी – विपक्षी गोलकिपरको गल्तिको फाइदा उठाउँदै लिभरपुलले प्रिमियर लिगमा लगातार १६ औं जित दर्ता गराएको छ । लिभरपुलले शनिबार सेफिल्ड युनाइटेडलाई उसकै मैदानमा १–० ले हराएको छ ।

जर्जियानो वाइनाल्डमले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट ७० औं मिनेटमा गरेको प्रहारलाई गोलकिपर डेयन हेन्डरसनले रोक्ने प्रयास त गरे । तर उनले बल नियन्त्रणमा लिन सकेनन् र खुट्टा मुनिबाट गोलमा परिणत भयो । गोलरक्षक हेन्डरसन म्यानचेस्टर युनाइटेडबाट लोनमा सेफिल्ड आइपुगेका हुन् ।

पहिलो हाफमा पनि लिभरपुलले अग्रता लिने अवसर पाएको थियो । तर सफल भएन । पहिलो हाफको अगाडि सेफिल्डले पनि अग्रता लिने मौका पाएको थियो तर, सफल भएन ।

यस जितसँगै २१ अंकका साथ लिभरपुल शीर्षस्थानमा यथावत छ । दोस्रो स्थानको म्यानच्यास्टर सिटीको भन्दा लिभरपुलको ८ अंक बढी छ । सेफिल्ड आठौंबाट १२ औं स्थानमा झरेको छ ।

 

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.