6 years ago
September 30, 2019
बिर्तामोड (हाम्रो खेलकुद) –शरीरिक सुगठनका उमेश राई र करातेका एस्तर राईले झापा स्पोर्टस अवार्ड २०७५ जितेका छन् । शारीरिक सुगठनका उमेश राईले पुरुष बर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्दै मोटरसाइकल प्राप्त गरे । उनले फुटबलर नवयुग श्रेष्ठ र शारीरिक सुगठनका राम दाहाललाई पछि पारेका हुन् । उमेश दक्षिण एसियाली च्याम्पियन हुन् ।
स्पोर्टस् अवार्डको बर्ष उत्कृष्ट खेलाडी महिलातर्फको अवार्ड झापाकी कराते खेलाडी एस्तर राईले जितिन । एकेएफ केडेट च्याम्पियन एस्तरले फुटबलर एन्जिला तुम्बापो र भलिवलकी बिनिता बुढाथोकीलाई पछि पारिन् । बर्ष उत्कृष्ट खेलाडीको अवार्ड विजेता एस्तरले स्कुटर प्राप्त गरिन ।
यसैगरी बर्ष उत्कृष्ट खेलाडी युवाको अवार्ड क्रिकेटर अप्सरी बेगमले जितेकी छन् । मेचीनगरकी बेगमले फुटबलर छिरिङ गुरुङ र ब्याटमिन्टनकी अमिता गिरीलाई पछाडि पारेकी थिइन । युवा बर्ष खेलाडी भएकी बेगमले नगद २५ हजार रुपैयाँ प्राप्त गरिन् ।
बर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड फुटबलका हरि खड्काले जिते । उनले बक्सिङका डम्बर लिम्बू र कराँतेका प्रशिक्षक योगेश राईलाई अछाडि पारे । खड्काले नगद २५ हजार रुपैयाँ हात पारे । पिपुल्स च्वाइसको अवार्ड फुटबलर कर्ण लिम्बूले जिते । उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।
लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार भलिबलका गणेश विक्रम नेम्वाङले प्राप्त गरे । उनले नगद ३५ हजार रुपैयाँ प्राप्त गरे । ०६६ सालमा स्थापना भएको नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले पूर्व फुटबलर स्वर्गीय आशिष विक्रम नेम्वाङको स्मृतिमा अवार्ड पछिल्लो तीन बर्षदेखि अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]