6 years ago
October 2, 2019
काठमाडौं (हाम्रो खेलकुद)– दशैले सबैलाई छोइसकेको छ । यसको धार्मिक, सास्कृति महत्व त छ नै त्यसबाहेक मिठो खाने, राम्रो लगाउने, पिङमा रमाउने र आफन्तसँगको भेटघाट गर्ने दशैको अरु विशेषता हुन् । विदेशमा रहेका कतिपय दशैकै लागि स्वदेश फर्कने क्रम बढ्दो छ । यतिमात्र होइन, काठमाडौंबाट गाँउ फर्कनेको लर्को झनै बढीह हुन्छ ।
नेपाली खेलकुद पनि यति ठूलो महान पर्वबाट अछुत हुने कुरै हुदैन । तर, नेपाली खेलकुदलाई खेलाडीहरुको ठूलो चाड १३औं दक्षिण एसियाली खेलकुद (साग) को चटारो छ । सबै योजना अनुसार भएमा आजको दुई महिना (मंसिर १५ गते) १३ औं सागको उद्घाटन हुनेछ । त्यसैलाई मध्य नजर गर्दै सागको तयारीमा रहेका खेलाडीलाई मात्र ५ दिनको विदा दिइएको छ ।
१३ औं सागको मुख्य आयोजना स्थल उद्घाटन र समापन दशरथ रंगशालामा हुनेत । तर त्यहाँको कामको गति सन्तोषजनक हुन सकेको छैन । कामको गति ढिला छ । जसका कारण समयमै साग हुनेमा शंका हुनु स्वभाविक हो । ठेक्का सम्झौता अनुसार चिनिया कम्पनीले दशरथ रंगशाला कात्तिक १५ मा राष्ट्रिय खेलकुद परिष्द (राखेप) लाई हस्तान्तरण गर्नुपर्नेछ ।
तर, त्यो समयमा काम सकिनेमा शंका छ । जसको असर साग आयोजनामा पर्न सक्छ । तर, राखेपका सदस्यसचिव रमेश कुमार सिलवालले जसरी पनि कात्तिक १५ गते हस्तान्तरण हुने गरि काम भइराखेको बताउँछन् । उनका अनुसार दिउँसो काम गर्न केहि कठिनाई भएपनि रातीमा काम भइरहेको उनले बताए ।
‘हामीले युद्धस्तरमा लगातार काम गरिरहेका छौं । काम भएको छ कि छैन । तपाईहरु राति हेर्न आउन सक्नुहुन्छ । यो बीचमा नेपालीहरुको दुई ठुला पर्व परेका कारण हस्तान्तरण नहुने हो कि भन्ने शंका लाग्नु स्वभाविक नै हो ’ सदस्यसचिव सिलवालले दाबी गरे, ‘तर, काम नरोकियोस् भन्नका लागि भारतीय कामदार झिकाउने तयारी गरेका छौं । नेपालीहरु पर्वमा रमाउन गएपनि काम रोकिने छैन । कात्तिक १५ गते हस्तान्तरण, मंसिर ३ गते कुवेतविरुद्धको खेल र १३औं सागको उद्घाटन यही रंगशालामै हुनेछ ।’
विश्व कप छनोट अन्तर्गत समूह चरणको नेपाल र कुवेतबीच मंसिर ३ गतेका लागि खेल तय छ । सदस्य सचिव सिलवालले कात्तिक १५ गते रंगशाला हस्तान्तरण हुने आधार रहेको बताएका छन् । ‘पहिलो आधार प्याराफिटको पिलर तयार छ । मंगलबार र बुधबार भिआइपी प्याराफिटको बेसप्लेटको काम सकिनेछ । एक हप्तापछि त्यहाँको काम सुरु हुन्छ ,’ उनले थपे, दोस्रो आधार चिनिया राष्ट्रपतिको असोज २७ गते हुने भ्रमणले पनि चाडो सक्नुको विकल्प छैन । हामी दशै नभनी फुलपाती अष्टमी, नवमी र दशमी नभानी काम गर्नेछौं ।’
त्यो सकिएपछि भिआइपी प्यारापिटतर्फको छाना (आइरोनिक स्ट्रक्चर) को काम हुनेछ सिलवालले बताए । ‘सिट आइसकेको छ । दशै र तिहारको बीचमा सिटको काम सकिने छ , ‘उनले थपे, ‘त्यसपछि साउन्ड सिस्टम र इलेक्ट्रिक बोर्डको काम हुनेछ । त्यसै समयमा मैदानमा
दुबो रोप्ने र अन्य काम हुनेछ ।’ सदस्यसचिव सिलवालले राखेपमा सबैलाई आफ्नो खुसीमा बोल्ने अनुमति नदिएको पनि बताए । उनले भने ‘हामीले एकल स्टिमको प्रयास गरेका छौं । यो कामको गोपनियता पनि हो । सबैले बोल्न थाले काम बिग्रन्छ । सबैको जिम्मेवारी म छु । ’
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]