default_image

10 years ago

June 11, 2016

सम्झनामा फुटबलका ललितकृष्ण

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पदाधिकारीका रुपमा नेपाल फुटबलमा बेग्लै पहिचान बनाएका अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवहाक अध्यक्ष ललितकृष्ण श्रेष्ठको सम्झानामा एन्फा मुख्य कार्यालय हाता भित्रै प्रतिमा स्थापना गरेको छ ।

IMG_9706

श्रेष्ठका परिवार, एन्फा पदाधिकारी, फुटबलका राष्ट्रिय खेलाडी, शुभचिन्तकको उपस्थितिमा एन्फा कम्प्लेक्स सातदोबाटो परिसरमा शनिबार उनकी आमा नन्नु श्रेष्ठबाट प्रतिमा अनावरण गरेकी थिइन् । एक बर्षअघि जेठ २९ गते श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको थियो । भैसिपाटीस्थित नयाँ घर सरेको राती उनलाई करेन्ट लागेको थियो । लामो समय श्रेष्ठले नेतृत्व गरेको रुस्लान थ्री स्टार क्लबले पनि शनिबार उनको स्मृतिमा सभा आयोजना गरेको थियो ।

कार्यक्रममा एन्फाका प्रतिबन्धित अध्यक्ष गणेश थापा, एन्फाका कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठ, ओलम्पियन दीपक विष्ट, क्लबका कार्यवहाक अध्यक्ष अरुणमान जोशी, नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिनालगायतले श्रेष्ठको व्यक्तित्वको चर्चा गर्दै उनको निधनले नेपाली फुटबल र थ्री स्टारलाई अनुरणीय क्षेत्र पुगेको बताएका थिए । क्लबले मञ्चसँगको सहकार्यमा उनको स्मृति ग्रस्थ प्रकाशन गर्ने घोषणा गरेको छ । प्रतिमा अनावरणमा एन्फाका कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठले सधै फुटबलमा लाग्न प्रेरणा मिलोस् भन्नका लागि एन्फा कम्प्लेक्स अगाडीनै प्रतिमा स्थापना गरेको बताए ।

सांसद गणेश थापाले श्रेष्ठको व्यक्तित्वको चर्चा गर्दै जस्तो सुकै जिम्मेवारी लिन पनि पछि नपर्ने स्मरण गरे । उनले भने,‘एन्फामा धेरै खाले उतार चढाव आए । तर उनी कहिल्यै जिम्मेवारीबाट पन्छिएन । सबैमा अग्रणी भूमिका निर्वाह गरे । सहज तर आवश्यक पर्दा कठोर हुने क्षमता पनि थियो ।’ मञ्चका महासचिव तिमल्सिनाले श्रेष्ठसँग फुटबलसँग जोडिएका सबैको व्यक्तिगत रुपमा पनि भावनात्मक सम्बन्ध रहेको चर्चा गरे । उनले श्रेष्ठको बारेमा आउने पुस्तालाई जानकारी दिने उद्देश्यले क्लबले ले मञ्चसँगको सहकार्यमा स्मृति ग्रन्थ प्रकाशन गर्न लागेको जानकारी गराए । एन्फाले श्रेष्ठको स्मृतिमा शनिबारबाट ललित स्मृति यु–१८ फुटबल प्रतियोगिता सञ्चालन गरको छ । उनको छोरा छोरीको पढाइका लागि एन्फाले मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

खेलाडीका रूपमा थ्री स्टारसँग जोडिएका श्रेष्ठ लामो समयदेखि क्लबका अध्यक्ष थिए । थ्री स्टारलाई ‘डी’ देखि ए डिभिजनसम्मको यात्रा पु¥याउँदा सक्रिय भूमिका निर्वाह गरेका उनले घुँडामा चोट लागेपछि खेलाडी जीवन त्यागेका थिए । उनले २०३६ सालमा डी, २०३७ सालमा सी, २०३८ मा बी तथा २०३९ सालमा थ्री स्टारको टोलीबाट ए डिभिजन फुटबल खेलेका थिए । २०४८ मा उनी थ्री स्टार अध्यक्षमा चुनिए । उनी दोस्रोपटक २०५९ चुनिएदेखि निरन्तर थ्री स्टारको नेतृत्वमा थिए । उनको कार्यकालमा थ्री स्टारले दुईपटक सहिद स्मारक ए डिभिजन लिग जित्नुका साथै एएफसी प्रेसिडेन्ट्स कपमा नेपालको प्रतिनिधित्व गरेको थियो । एन्फामा २०५२ मा सदस्यका रूपमा प्रवेश गरेका थिए । त्यसपछि प्रवक्ता, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै उनी कात्तिकमा एन्फाको कार्यवाहक अध्यक्ष बनेका थिए । श्रेष्ठ धेरैपल्ट राष्ट्रिय टोली व्यवस्थापक र टोली नेता पनि रहे । खेलाडी र व्यवस्थापकमा साढे तीन दशक सक्रिय उनलाई दुई वर्षअघि एसियाली फुटबल महासंघले स्वर्ण सेवा पदकबाट सम्माति गरेको थियो । श्रेष्ठका पत्नी, एक छोरा, एक छोरी, आमा, भाइ र दुई बहिनी छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.