default_image

4 years ago

October 6, 2019

रियलको जितमा हाजार्डको गोल

एजेन्सी – इडन हाजार्डले ला लिगामा पहिलो गोल गरेको खेलमा जिनेदिन जिदानको रियल म्याड्रि«ड विजयी हुँदै शीर्षस्थानमा रहन सफल भएको छ । करिम बेन्जिमा, हाजार्ड, लुका मोड्रिच र हामेस रोड्रिग्वेजले गोल गरेको खेलमा शनिबार रियलले ग्रानडालाई ४-२ ले हराएको थियो । यो जितसँगै शीर्षस्थानमा रहेको रियलले स्पष्ट ४ अंकको अग्रता लिएको छ । बेन्जिमाले दोस्रो […]

46 views

0 Bookmark

एजेन्सी – इडन हाजार्डले ला लिगामा पहिलो गोल गरेको खेलमा जिनेदिन जिदानको रियल म्याड्रि«ड विजयी हुँदै शीर्षस्थानमा रहन सफल भएको छ । करिम बेन्जिमा, हाजार्ड, लुका मोड्रिच र हामेस रोड्रिग्वेजले गोल गरेको खेलमा शनिबार रियलले ग्रानडालाई ४-२ ले हराएको थियो ।

यो जितसँगै शीर्षस्थानमा रहेको रियलले स्पष्ट ४ अंकको अग्रता लिएको छ । बेन्जिमाले दोस्रो मिनेटमै गोल गरेर रियललाई अघि बढाएका थिए । चेल्सीबाट यसै सिजन रियल पुगेका हाजार्डले पहिलो हाफको अन्त्यमा गोल गरेपछि टोली २-० ले अगाडि बढ्यो ।

मोड्रिचले ६१ औं मिनेटमा गोल गरे । तर, ६९ औं मिनेटमा डार्विन माचिसले पेनाल्टीमा गोल फर्काए । ग्रानाडाका लागि ७७ औं मिनेटमा डोमिन्गोस डाउर्टेले गोल गरेपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो । इन्जुरी समयमा रोड्रिग्वेजले गोल गरेपछि रियलको जित निश्चत बनेको थियो ।

ला लिगामा शनिबार

-रियल बेटिस १–१ इबार

-लेगानेस १– लेभान्टे

-रियल म्याड्रिड ४–२ ग्रानाडा

-भ्यालेन्सिया २–१ डिर्पोटिभो अल्भेस

ला लिगामा आइतबार

ओसासुना २–१ भिल्लारियल

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.