पेरिस (एजेन्सी) – लुका मोड्रिचको सनसनीपूर्ण गोलमा क्रोएसियाले युरोपियन च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । समूह डीको पहिलो खेलमा टर्कीलाई १–० ले हराएपछि क्रोएसियाले सफल सुरुआत गरेको हो । रियाल मड्रिडका मिडफिल्डर मोड्रिचले ४१ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट भलीमा सनसनीपूर्ण गोल गरेका हुन् ।
क्रोएसियाका डारिजो स्रान र इभान पिरिसिको प्रहार पोस्टमा लागेर फर्केको थियो । समूहमा स्पेन र चेक गणतन्त्र पनि रहेका छन् । क्रोएसियाले अर्को खेल जुन १७ मा स्पेनसँग खेल्ने छ । स्पेन र चेक गणतन्त्रबीच सोमबार खेल हुँदैछ । अहिले समूह सीमा नर्दर आयरल्यान्ड र पोल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ।