5 years ago
October 11, 2019
सुबास हुमागाईं,सिड्नी
राष्ट्रिय फुटबल टोली विश्व कप छनोटको अर्को अवे खेलका लागि अष्ट्रेलियाबाट शुक्रबार जोर्डन प्रस्थान गर्दैछ । नेपाल र जोर्डनबीच अम्मान अन्तर्राष्ट्रिय रंगशालामा मंगलबार (असोज २७ गते) प्रतिस्पर्धा हुनेछ ।
टोली शनिबार जोर्डन समय अनुसार दिउँसो १ः०० बजे पुग्ने नेपाली टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले हाम्रो खेलकुदलाई जानकारी दिए । समूह ‘बी’अन्तर्गत बिहीबार क्यानबेरामा भएको खेलमा नेपाल घरेलु टोली अष्ट्रेलियासँग ५–० ले पराजित भएको थियो ।
समूहको अर्को खेलमा जोर्डनले कुवेतसँग गोलरहित बराबरी खेलेको थियो । अष्ट्रेलिया ६ अंकका साथ शीर्षस्थानमा छ भने समान ४ अंक भएका कुवेत दोस्रो, जोर्डन तेस्रो स्थानमा छ । ३ अंकसहित नेपाल चौथो स्थानमा रहँदा अंक विहिन चाइनिज ताइपे पुछारमा छ ।
गत महिना कुवेतसँग ७–० को हार बेहोर्दै विश्व कप छनोटको यात्रा सुरु गरेको नेपालले अर्को खेलमा चाइनिज ताइपेलाई २–० ले हराएको थियो । चाइनिज ताइपेविरुद्ध दुवै गोल अन्जन विष्टले गरेका थिए ।
जोर्डनसँग यसअघि सन् २०११ मा पनि विश्व कप छनोटको प्रतिस्पर्धा भएको थियो । जसमा नेपाल अवे खेलमा ९–० ले पराजित भएको थियो । पाँच दिन पछि दशरथ रंगशालमा भएको खेलमा नेपाल र जोर्डनले १–१ को बराबरी खेलेका थिए ।
त्यति बेला भरत खवासको गोलमा नेपालले अग्रता बनाएको थियो । यद्दपी नेपाले अग्रता जोगाउन सकेन । यसपटक जोर्डनसँगको खेल सँगै नेपालको अवे खेल सकिनेछ । बाँकी ४ खेल नेपालले दशरथ रंगशालामा खेल्नेछ ।
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]