default_image

9 years ago

June 13, 2016

विवादास्पद गोलपछि ब्राजिल कोपा अमेरिकाबाट बाहिरियो

148 views

0 Bookmark

मासाचुसेट (एजेन्सी) – विवादास्पद निर्णयसँगै ब्राजिल आइतबार कोपा अमेरिका सेन्टेनारियाको समूह चरणबाटै बाहिरिएको छ । आइतबार पेरुसँग १–० ले पराजित भएपछि ब्राजिल अमेरिकामा जारी कोपाको पहिलो चरणबाट बाहिरिएको हो । राउल रुडिजको विवादस्पद गोलका कारण पाँच पटकको विश्वकप विजेता ब्राजिल समूह चरणबाटै निराश भएर फर्कन परेको हहो । सन् १९८७ यता ब्राजिल पहिलो पटक समूह चरणबाटै बाहिरिएको छ ।

हातले गोल गरेको इसारा गर्दै ब्राजिलका गोलकिपर ।

हातले गोल गरेको इसारा गर्दै ब्राजिलका गोलकिपर ।

समूह बीबाट बाट अघि बढ्न ब्राजिललाई बराबरी र पुरुलाई जितको आवश्यकता थियो । तर खेल सकिन १५ मिनेट बाँकी रहँदा रुडिजले गोलको खाता खोलेका थिए । टिभि रिप्लेमा भने उनले हातले गोल गरेको प्रष्ट देखिन्थ्यो । एन्डी पोलको क्रसमा विपक्षी गोलकिपर लडेपछि अघि बढेका रुडिजले हातले गोल गरेका थिए । गोलपछि उनले हात झट्कालेको टिभि रिप्लेमा प्रष्टसँगै देखिन्थ्यो । झन्डै ५ मिनेटको परामर्शपछि उरुग्वेका रेफ्री आन्दे्रस चुनाले रुडिजको गोललाई मान्यता दिएका थिए ।
जितपछि पेरु ७ अंकसहित समूहको विजेताका रुपमा अन्तिम आठमा प्रवेश गरेको छ । समूहको अर्को खेलमा इक्वेडरले हाइटीलाई ४–० ले हराएको छ । इक्वेडर (५) समूहको उपविजेताका रुपमा अन्तिम आठमा पुग्यो । ४ अंक जोडेको ब्राजिल पेरुसँगको हारपछि घर फर्केने छ । हाइटी (०) यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो  । ११ औं मिनेटमा इनेर भ्यालेन्सियाको गोलबाट अग्रता लिएको इक्वडेरका लागि जाइमी ओएभीले २० औं मिनेटमा गोल गरे । क्रिस्टियान नोबाले ५७ औं र एन्टोनियो भ्यालेन्सियाले ७८ औं मिनेटमा चौथो गोल गरे । क्वार्टरफाइनलमा इक्वेडरले जुन १६ मा आयोजक अमेरिका र पेरुले जुन १७ मा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ् ।

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

Success

Thank you for your time.