default_image

5 years ago

October 13, 2019

रामोसले रचे स्पेनिस फुटबलमा कीर्तिमान

एजेन्सी – स्पेनका कप्तान सर्जियो रामोस स्पेनको राष्ट्रिय टोलीबाट सर्वाधिक क्याप जित्ने खेलाडी बनेका छन् । शनिबार राति युरो कप छनोट अन्तरगत नर्वेसँगको खेलपछि रामोसले स्पेनिस फुटबल इतिहासमा  सर्वाधिक खेल खेल्ने इतिहास रचे । रामोसले स्पेनकै पुर्व कप्तान तथा भेट्रान गोलरक्षक इकर कासियासको कीर्तिमानलाई भंग गरेका हुन् । रामोसले स्पेनबाट १  सय ६८ क्याप पुरा […]

28 views

0 Bookmark

एजेन्सी – स्पेनका कप्तान सर्जियो रामोस स्पेनको राष्ट्रिय टोलीबाट सर्वाधिक क्याप जित्ने खेलाडी बनेका छन् । शनिबार राति युरो कप छनोट अन्तरगत नर्वेसँगको खेलपछि रामोसले स्पेनिस फुटबल इतिहासमा  सर्वाधिक खेल खेल्ने इतिहास रचे ।

रामोसले स्पेनकै पुर्व कप्तान तथा भेट्रान गोलरक्षक इकर कासियासको कीर्तिमानलाई भंग गरेका हुन् । रामोसले स्पेनबाट १  सय ६८ क्याप पुरा गरे । रामोसले यसअघि १ सय ६७ क्याप जित्दै कासियाससँगको कीर्तिमान बराबरी गरेका थिए । यस्तै उनले लात्भियाका पुर्व मिडफिल्डर भिटालजिस एस्ताफजिभ्सलाई समेत पछि पारे । भिटालजिसले (१९९२–२०१०) सम्म लात्भियाबाट १ सय६७ क्याप जितेका थिए ।

स्पेनिस महारथी रियाल म्याड्रिडका समेत कप्तान रहेका ३३ बर्षिया स्टार डिफेन्डर रामोसले २००५ मार्च २६  मा चीनविरुद्ध खेल्दै स्पेनिस राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । उनले स्पेनको स्वर्णिय युगको समय (२००८–२०१२) सम्म एक विश्वकप र दुई युरो कपको उपाधि उचालेका थिए ।

रामोसले अब इजिप्टका मिडफिल्डर अहमेद हसनको १ सय ८४ क्यापलाई पछ्याएका छन् । हसनले (१९९५–२०१२) सम्म खेल्दै यो कीर्तिमान तय गरेका थिए ।

कीर्तिमानी क्याप पुरा गरेपछि रामोसले सबै ब्यक्तिगत कुराहरु दोस्रो प्राथमिकताको बिषय रहेको र यो धेरै बर्ष गर्व गर्ने बिषय बनेर बस्ने बताएका छन् ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.