default_image

5 years ago

October 14, 2019

विज्नल्डम र गुन्डोगान चम्कदा नेदरल्यान्ड र जर्मनी विजयी

एजेन्सी – नेदरल्यान्ड र जर्मनी समुह ‘सी’ बाट युरोकपको लागि छनोट नजिक पुगेको छ । आइतबा राति दुवै टोलीले सफलता हात पारेपछि छनोटनसजक पुगेको हो । आइतबार राति नेदरल्यान्डले बेलारुसलाई तथा जर्मनीले इस्टोनियालाई परासजत गरेसँगै अर्काे वर्ष पोर्चुगलमा हुने युरोकपको लागि छनोटनजिक पुगेको हो । समूह चरणमा दुई खेल बाँकी रहँदा नेदरल्यान्ड र जर्मनीको समान […]

22 views

0 Bookmark

एजेन्सी – नेदरल्यान्ड र जर्मनी समुह ‘सी’ बाट युरोकपको लागि छनोट नजिक पुगेको छ । आइतबा राति दुवै टोलीले सफलता हात पारेपछि छनोटनसजक पुगेको हो ।

आइतबार राति नेदरल्यान्डले बेलारुसलाई तथा जर्मनीले इस्टोनियालाई परासजत गरेसँगै अर्काे वर्ष पोर्चुगलमा हुने युरोकपको लागि छनोटनजिक पुगेको हो । समूह चरणमा दुई खेल बाँकी रहँदा नेदरल्यान्ड र जर्मनीको समान ६ खेलबाट समान १५ अंक पुगेको छ । गोल अन्तरमा नेदरल्यान्ड शीर्ष स्थानमा रहँदा जर्मनी दोस्रोमा छ ।

बेलारुसमा भएको खेलमा पाहुना टोलीलाई जिताउन दुवै गोल जर्जिन्हो विज्नल्डमले गरे । घरेलु टोलीका स्टानिस्लाभ ड्रागनले एक गोल फर्काए । खेलको ३२औं मिनेटमा विज्नल्डमले पहिलो गोल गरेका थिए । ४१औं मिनेटमा विज्नल्डमले व्यक्तिगत दोस्रो गोल गर्दै नेदरल्यान्डलाई पहिलो हाफमा २–० ले असघ बढाए । ५४औं मिनेटमा स्टानिस्लाभले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिएपनि त्यसपछि थप गोल निस्कन नसक्दा नसक्दा नेदरल्यान्ड २–१ ले विजयी रहन सफल भयो ।

यता, खेलको शुरुमै १० खेलाडीमा समेटिएको जर्मनीले इस्टोनियालाई पराजित गर्दै युरोकप छनोटमा दोस्रो स्थानमा उक्लिएको छ ।
तलिन इस्टोनियामा आइतबार रासत भएको खेलमा जर्मनीले घरेलु टोलीलाई ३–० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएर युरोकपमा छनोट हुने सम्भावना बलियो बनाएको हो ।

जर्मनीको जितमा इकेए गुन्डोगानले दुई तथा टिमो वेर्नरले एक गोल गरे । खेलको १४औं मिनेटमा इम्री क्यान सोझै रातो कार्ड खादै मैदानबाट बाहिरिएपनि जर्मनीलाई त्यसको प्रभाव परेन । पेनाल्टी बक्सनिर फ्रान्क लिभाकलाई लडाएपछि रेफ्रीले क्यानलाई सोझै रातो कार्ड देखाएका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि जर्मनीले दोस्रो हाफमा ३ गोल गर्न सफल भएको थियो । ५१औं मिनेटमा गुन्डोगानले गाल गर्दै जर्मनीलाई अघि बढाए । ५७औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गरेपछि जर्मनीले खेलमा २–० को अग्रता लियो । ७१औं मिनेटमा टिमो वेर्नरले गोल गर्दै जर्मनीको ३–० को जित सुनिश्चित गरे ।

यो समूहमा नर्दन आयरल्यान्ड १२ अंक जोडेर तेस्रो स्थानमा रहँदा बेलारुस ४ अंकसहित चौथो तथा इस्टोनिया १ अंकसहित पुछारमा छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.