default_image

5 years ago

October 14, 2019

विश्व कप छनोट – नेपाल र जोर्डन भोलि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – प्रदर्शनको जति चर्चा गरेपनि खेलमा अन्तत गणना परिणामकै हुन्छ । विश्व कप छनोटमा नेपालले समूह चरणका ३ खेल खेलिसकेको छ । जसमा १ जित र २ हार छन् । २ खेलमा १२ गोल खाएको नेपालले विपक्षी पोष्टमा २ गोल गरेको छ । विश्व कप छनोटको दोस्रो चरणको यात्रा नेपाली टोलीले गत […]

63 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रदर्शनको जति चर्चा गरेपनि खेलमा अन्तत गणना परिणामकै हुन्छ । विश्व कप छनोटमा नेपालले समूह चरणका ३ खेल खेलिसकेको छ । जसमा १ जित र २ हार छन् । २ खेलमा १२ गोल खाएको नेपालले विपक्षी पोष्टमा २ गोल गरेको छ ।

विश्व कप छनोटको दोस्रो चरणको यात्रा नेपाली टोलीले गत महिना सुरु गरेको थियो । तर, सुरुवात मै टोलीलाई नराम्रो झड्का लाग्यो । कुवेतसँग ७–० को हार होला भन्ने कसैले कल्पना समेत गरेका थिएनन् । हारले नेपाली टोली र परिवर्तनको नामसहित अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्वको पनि खुब आलोचना भयो । आलोचना अस्भाविक पनि थिएन । नेपालले त्यस्तो फराकिलो हार झन्डै ८ वर्षमा पहिलो पटक भोगेको थियो ।

भदौ १९ गते कुवेतसँग ७–० ले पराजित भएर स्वदेश फर्केर ५ दिनपछि चाइनिज ताइपेसँग खेल्दा नेपाली टोली २–० ले विजयी भयो । दुवै गोल अन्जन विष्टले गरे । त्यो जितले ५ दिन अघिल्लो लज्जास्पद हारलाई केहि हद सम्म मल्हम लगाउने काम गर्यो । फेरि नेपाली टोलीमाथि थोरै भएपनि विश्वास जाग्यो ।

त्यसपछि नेपाली टोलीले फेरि सामना गर्नुप¥यो समूह बीकै सबैभन्दा बलियो टोली अष्ट्रेलियाको । कता तिर कुवेतसँग नेपालको त्यो फराकिलो हार पृष्ठभूमि थियो । अर्को अष्ट्रेलियाले त्यहि कुवेतलाई ३–० ले हराउँदै विजयी सुरुवात गरेको थियो । त्यसले पनि नेपाली खेलाडी समर्थक सबै हारका लागि पहिला नै मानसिक रुपमा तयार थिए । खाली अन्तर कति हुन्छ भन्ने मात्र कौतुहलताको विषय थियो ।

अष्ट्रेलियाका प्रशिक्षकले प्रि म्यान कन्फ्रेन्समा बढी भन्दा बढी गोल गर्ने योजना सुनाए । नेपाली टोलीका प्रशिक्षक योहान कालिनले अनेपक्षित नतिजाको सम्भावना रहेको सुनाए । खेल सकिदा दुवैको अनुमान गलत भयो । नत अनेपक्षित नतिजा निस्कियो नत अष्ट्रेलियाले नेपालमाथि कुवेतले भन्दा बढी गोल गर्न सक्यो । नेपाली फुटबललाई नजिकबाट नियाल्ने र टोलीप्रति सहानुभती राख्नेले अष्ट्रेलियासँगको जितलाई स्वभाविक नै माने । फुटबलमा एसियाको पावर हासमा रहेको आफुभन्दा वरियतामा सयौं स्थानमाथि रहेको टोलीसँग नेपालको त्यो नतिजा ठिकै मानेका छन् ।

अब फेरि नेपाली टोली अर्को टोलीको तयारीमा जुटेको छ । छनोटको तेस्रो खेलका लागि नेपाली टोली शनिबार नै अम्मान पुगिसकेको छ । तर, जोर्डनसँग नेपाली टोलीको इतिहास सम्झनलायक छैन । जोर्डनसँगको अवे खेलमा भोगेको त्यो ९–० को हार अहिले पनि धेरैलाई राम्ररी याद छ । त्यो खेल यिो सन् २०११ को अक्टुबर २३ मा । टोलीको खुब आलोचना भयो ।

पाँच दिनपछि त्यहि टोलीसँग नेपालले दशरथ रंगशालामा १–१ को बराबरी खेल्दा फेरि समर्थकले नेपाली टोलीको प्रशंसा गरे । खेलमा यो चलिरहन्छ । हार्दा आलोचना, जित वा बराबरीमा तारिफ । घरेलु समर्थकका माझ नेपाली टोलीले निकै जोसिलो प्रदर्शन गरेको थियो ।

खेलपछि तत्कालिन कप्तान सागर थापाले भनेका थिए, हामीलाई देशको माटोले चिन्छ । अहिल हामी उच्च प्रदर्शन गछौं । यसपटक कस्तो प्रदर्शन रहन्छ त्यो हेर्न बाँकी छ । नेपाल र जोर्डनबीचको खेल नेपाली समय अनुसार साँझ ९ः४५ बजे सुरु हुनेछ । नेपाल फिफा वरियताको १ सय ६१ औं स्थानमा छ भने जोर्डन ६३ स्थानमाथि छ । जोर्डनले २ खेलमा ४ अंक जोडिसकेको छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.