5 years ago
October 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले फिफा विश्वकप २०२२ को छनोट चरण अन्तर्गत दोस्रो चरणको चौथो खेलमा आज जोर्डनको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ ।
प्रशिक्षक योहान कालिनले अष्ट्रेलियाविरुद्ध टोलीबाट सुरुवाती ११ मा ३ खेलाडी परिवर्तन गरेका छन् । पछिल्लो खेलमा बेन्चबाट मैदान प्रवेश गरेका फरवार्ड विमल घर्तीमगर जोर्डनविरुद्ध सुरुवाती रोजाइमा रहेका छन् । उनलाई आक्रमणमा रवी पासवान, सुजल श्रेष्ठ र अन्जन विष्टले साथ दिनेछन् । मिडफिल्डको मध्यभागमा रोहित चन्द र सन्तोष तामाङ रहेका छन् । अघिल्लो खेलमा बेन्चबाट आएका सन्तोष विशाल राईको स्थानमा टोलीमा आएका हुन् ।
डिफेन्सको मध्यभागमा अनन्त तामाङ र देवेन्द्र तामाङको जोडीले निरन्तरता पाएको छ । बायाँ डिफेन्समा सुमन अर्याल र दायाँमा दिनेश राजवंशी रहेका छन् । टोलीको कप्तानी गोलरक्षक किरण चेम्जोङले नै सम्हाल्नेछन् । प्रशिक्षक कालिनले ४-५-१ को पद्दतिमा नै टोली उतारेका हुन् । अघिल्लो खेलमा सुमनको स्थानमा रंजित धिमाल खेलेका थिए ।
नेपालको लागि विश्वकप छनोटमा यो अन्तिम अवे खेल हो । यसपछि नेपालले बाँकी रहेको ४ ओटा खेल नै घरेलु मैदानमा खेल्ने कार्यक्रम रहेको छ । यद्यपि दशरथ रंगशाला तयार नहुँदा केहि खेल नेपालमै हुनेबारे अन्यौल सिर्जना भएको छ । विश्वकप छनोटमा कुवेतविरुद्ध ७-० को हारसहित यात्रा सुरु गरेको नेपालले चाइनिज ताइपेइलाई २-० ले हराएको थियो । पछिल्लो खेलमा नेपाल अष्ट्रेलियासँग ५-० ले पराजित भएको थियो ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]